नयाँ सत्ता समीकरणको कसरतमा देउवा : लोसपा, नाउपा र जनमतसँग छलफल
काठमाडौं : नेपाली कांग्रेसले नयाँ सत्ता समीकरण बनाउन विभिन्न दलसँग छलफल तीब्र पारेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग मिलेर गठबन्धन बनाएपछि सभापति शेरबहादुर देउवा सक्रिय बनेका हुन्।
बुधबार बिहान एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका उनले अहिले मधेशवादी दलसँग छलफल गरिरहेका छन्। छलफलमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत लगायतका नेता छन्। भेटवार्तमा डा. शेखर कोइराला, महामन्त्री गगन थापा पनि सहभागी छन्।
नागरिक उन्मुक्ति पार्टीले केन्द्रमा प्रतिपक्षीको भुमिका निर्वाह गर्ने निर्णय गरेको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष रेशमलाल चौधरीले केन्द्रीयसमितिको बैठकले आफूहरु अहिले सरकारमा सहभागी नहुने र प्रतिपक्षीमा रहने निर्णय गरिएको जानकारी दिएका थिए।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता केन्द्रित चलखेलमा पार्टी सहभागी नहुने स्पष्ट पारेका छन्। उनले पछिल्लो राजनीतिक घटना क्रमले आफूहरुको आन्दोलनको अनुकूल वातावरण बनेको जिकिर गरे।
प्रतिक्रिया दिनुहोस !