किन भएन राप्रपासँग सहकार्य ?

किन भएन राप्रपासँग सहकार्य ?
सुन्नुहोस्

काठमाडौं : व्यवस्थामाथि खतरा उत्पन्न हुन थालेपछि नयाँ गठबन्धन बनाउनु परेको एमाले सचिवालय बैठकले ठहर गरेको छ। एमाले महासचिव शंकर पोखरेलले बैठकपछि भने, ‘आज मुलुकमा जुन प्रकारको संकटको अवस्था सिर्जना भएको छ, त्यसलाई सकारात्मक दिशामा अगाडि बढाउने कुरामा जनतामा आशा र विश्वास जगाउन नयाँ गठबन्धन बनाइएको हो।’ 

उनले विकास र समृद्धिका कामलाई तीव्रता दिन नयाँ सहकार्य फलदायी बनाउनुपर्ने निष्कर्ष निकालिएको जानकारी दिए। पोखरेलले अन्य दललाई पनि यो गठबन्धनमा आउन आह्वान गर्ने निर्णय बैठकले गरेको बताए।  

उनले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा पाँच राजनीतिक दलहरू सामेल भएर सरकार निर्माणको प्रक्रियामा अघि बढेका छौं। यो नयाँ प्रक्रियामा साथ समर्थन गर्न अन्य राजनीतिक दलहरूलाई पनि अनुरोध गरेका छौं।’

महासचिव पोखरेलले सत्ता समीकरणमा आएको फेरबदललाई पार्टीले सकारात्मक रूपमा लिएको जानकारी दिए। आगामी २०८१ वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय भएको पनि उनले बताए। पार्टी स्थापना दिवसको विशेष समारोह के–कसरी गर्ने भन्ने विषयमा बैठकमा छलफल भएको उनले बताए। 

किन भएन राप्रपासँग सहकार्य ? 

एमाले र राप्रपा २०७९ सालको निर्वाचनमा पनि सहकार्य गरेर अघि बढेका थिए। चुनावमा तालमेल गरे। राप्रपा २०७९ पुस १० को एमाले माओवादी नेतृत्वको गठबन्धन समावेश भयो। ७ वटै प्रदेशमा एमालेसँग नै राप्रपाले गठबन्धन गर्‍यो। सरकारमा सहकार्यमा नै रह्यो। कोशी प्रदेशमा भएको पछिल्लो राष्ट्रियसभाको निर्वाचनमा पनि एमाले र राप्रपाको सहकार्य भएको थियो। तर पछिल्लो चारदलीय गठबन्धनमा भने राप्रपा देखिएन। 

राप्रपा गठबन्धनमा नआउनुको प्रमुख कारण भनेको व्यवस्थाकै विरोधमा उसको सडक आन्दोलनमा लाग्नु हो। एमालेका एक पदाधिकारीले भने, ‘सदनसम्म व्यवस्थाको विरोध गर्ने कुरालाई त ठीकै थियो तर सडकमै गएपछि भने स्वीकार गर्न गाह्रो भयो।’ 

उता राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदबाटै यस्तो चेतावनी दिएका छन्, ‘हामीले यो सत्ताको चलखेलमा सामेल हुँदैनौं भनिसकेपछि यो विषय आयो राप्रपाले सहभागी हुन खोजेर पनि नपाएको भन्ने कुरा भ्रम नरहोस्। तपाईंको गठबन्धनले पर्सि नै यो राप्रपालाई खोज्ने दिन नआओस्। त्यसलाई हामीले नोटिसमा राखेका छौं।’ 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.