एमाले गोरखाको अध्यक्षमा सुरेन्द्र थापा, सचिवमा काजिराम रोका विजयी

एमाले गोरखाको अध्यक्षमा सुरेन्द्र थापा, सचिवमा काजिराम रोका विजयी
सुन्नुहोस्

गोरखा : नेपाल कम्युनिष्ट पार्टी एमालेको अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी भएका छन्। एमाले गोरखाको आठौँ जिल्ला अधिवेशनबाट २८० मत प्राप्त गरी थापा विजयी भएका हुन्। अध्यक्ष पदका अर्का उम्मेद्वार कृष्ण नेपालीले २०५ मत प्राप्त गरेका थिए।

त्यस्तै उपाध्यक्षमा मेनबहादुर अधिकारी निर्वाचित भएका छन्। २७० मत प्राप्त गरी अधिकारी निर्वाचित भएका हुन्। उपाध्यक्ष पदका निकटतम् प्रतिस्पर्धी कमल दानीले १२१ मत प्राप्त गरेका थिए भने अर्का उम्मेद्वार कृष्ण काप्रीले ७१ मत प्राप्त गरेका थिए। 

त्यस्तै सचिवमा काजिराम रोका विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी उपेन्द्र देवकोटालाई भारी मतान्तरले पछि पार्दै रोका विजयी भएका हुन्। रोकाले ३५३ मत प्राप्त गरेका थिए भने देवकोटाले १०५ मत प्राप्त गरेका थिए।

त्यस्तै उपसचिवमा मनोज जोशी र शान्ति चापागाई विजयी भएका छन्। निर्वाचित जोशीले २६५ मत प्राप्त गरेका थिए भने महिला उपसचिवमा विजयी चापागाईँले ३२० मत प्राप्त गरेकी छन्।

खुल्लातर्फका उपसचिवका अर्का उम्मेद्वार विष्णु पन्तले ११४ र सञ्जित श्रेष्ठले ६७ मत प्राप्त गरेका थिए भने महिलातर्फकी उपसचिव नानुमाया थापा मगरले १५० मत प्राप्त गरेकी थिइन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.