सरकारी छाप किर्ते तथा ठगी मुद्दाका फरार अभियुक्त पक्राउ
![सरकारी छाप किर्ते तथा ठगी मुद्दाका फरार अभियुक्त पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/E0A4AAE0A4B0E0A4A4E0A4ACE0A4A6-E0A4ACE0A495E0A4B6-E0A49AE0A4A7E0A4B0_8x21Itmh7K_XRK9pjU2J.jpg)
कपिलवस्तु : सरकारी छाप दस्तखत किर्ते तथा ठगी मुद्दामा फरार रहेका एकजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका १ बस्ने ३३ वर्षीय विकास चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यशोधरा गाउँपालिका ७ मर्यादपुरबाट उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताए । पक्राउ परेका चौधरीको ३ वर्ष २ महिना १६ दिन कैद भुक्तान गर्न बाँकी रहेको र ३ लाख रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)