रास्वपाले प्रदेश उपनिर्वाचनमा भाग नलिने, इलाम-२ मा भने उम्मेदवारी दिने

रास्वपाले प्रदेश उपनिर्वाचनमा भाग नलिने, इलाम-२ मा भने उम्मेदवारी दिने
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम-२ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाउने निर्णय गरेको छ।

सोमबार काठमाडौंमा बसेको रास्वपा केन्द्रीय समिति बैठकले इलाम-२ मा हुन लागेको उपनिर्वाचनमा भाग लिन दल दर्ता गर्ने र पार्टीका तर्फबाट उम्मेदवार उठाउने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए। त्यस्तै प्रदेश सभाका लागि बझाङमा हुने निर्वाचनमा भने भाग नलिने निर्णय गरेको उनले बताए।

उपनिर्वाचनमा कुनै पनि दलसँग गठबन्धन र सहकार्य नगर्ने निर्णय बैठकले गरेको छ। त्यस्तै बैठकले सरकारमा सहभागी हुने निर्णयलाई अनुमोदन गरेको छ भने पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई सहयोग गर्दै अवसरलाई आवश्यक योगदान र समन्वय गर्ने निर्णय गरिएको महामन्त्री ढकालले बताए।

उनले सरकारको कार्यसम्पादनको आवधिक समीक्षा गर्ने र पार्टीका विविध मोर्चा सरकार, संसद र संगठनमा सल्लाहका आधारमा सहयोगी टिमहरू गठन गर्दै पार्टीलाई हरेक मोर्चामा सफल बनाउन हरसम्भव कार्य गर्ने निर्णय गरिएको उनले बताए।

त्यस्तै रास्वपा नेता रमेश प्रसाईले उपनिर्वाचनमा घण्टीको बलमा चुनाव लड्ने र पार्टीले जित हासिल गर्ने दाबी गरे। रास्वपाले इलाम-२ को उपनिर्वाचन लक्षित गरेर सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई यसअघि नै खटाइसकेको छ। एमाले सांसद सुवास नेम्वाङको निधनपश्चात् खाली भएको इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.