खेतमा बालकको शव फेला
नुवाकोट : नुवाकोटको लिखुमा एक बालको शव रहस्यमय रुपमा फेला परेको छ। प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको जनाएको छ।
लिखु गापा २ बाघेमा मामाघर बस्दै आएका ९ वर्षीय सर्विन्द्र खातीको शव खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
प्रहरीका अनुसार बालकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ।