मारुती भ्यान र मोटरसाइकल ठोकिँदा तीन जना गम्भीर घाइते

मारुती भ्यान र मोटरसाइकल ठोकिँदा तीन जना गम्भीर घाइते

धनकुटा : कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्डको साँगुरीगढी गाउँपालिका-७ गर्जुवामा मंगलबार साँझ मारुती भ्यान र मोटरसाइकल एक आपसमा ठोकिँदा तीन जना गम्भीर घाइते भएका छन्।   

घाइते हुनेमा मोटरसाइकल चालक साँगुरीगढी गाउँपालिका-६ का २२ वर्षीय अभिषेक लिम्बू, मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २५ वर्षीय दिवश तामाङ र मारुती भ्यानका चालक ३० वर्षीय तुलबहादुर राई गम्भीर घाइते भएका छन्। दुर्घटनामा परी उनीहरूलाई तत्काल उपचारका लागि घोपातर्फ पठाइएको मुलघाट प्रहरी चौकी इन्चार्ज राजेन्द्र पाण्डेले बताए। 

भेडेटारबाट मुलघाट तर्फ जाँदै गरेको को १ च ३२८० नम्बरको मारुती भ्यान र विपरीत दिशाबाट जाँदै गरेको को ३३ प ८३५७ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक राजवावु महर्जनले बताए। ​​​​​​​

उनका अनुसार दुर्घटनामा परेका मारुती भ्यान र मोटरसाइकललाई प्रहरी चौकी मुलघाटमा राखिएको छ। दुर्घटना मंगलबार साँझ अन्दाजी पौने ७ बजे भएको हुन सक्ने प्रहरीको भनाइ छ। दुर्घटनाको कारण बारे प्रहरीले अनुसन्धान गरिरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.