दाङमा रात्रीबस दुर्घटना, तीन जना घाइते

दाङमा रात्रीबस दुर्घटना, तीन जना घाइते
सांकेतिक तस्बिर।
सुन्नुहोस्

बुटवल : पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको गढवा गाउँपालिका–१ स्थित कालाकाटे जुरौनीमा रात्रीबस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। मंगलबार राती तुल्सीपुरबाट काठमाडौं जाँदै गरेको प्रदेश ३–०१–००६ ख ०९७४ नम्वरको बस अनियन्त्रित भएर सालको काठमा ठोक्किर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

तुल्सीपुर उमहानगरपालिका–१९ का २१ वर्षीय आस्था पौडेल, सोही ठाउँका २२ वर्षीय बाबुराम लामिछाने र लमही नगरपालिका–५ बस्ने ४८ वर्षीय बबिता शाही घाइते भएका प्रहरीले जनाएको छ। उनीहरु सबैको अवस्था मध्यम रहेको जनाइएको छ।

घाइतेको उपचार भालुवाङस्थित राप्ती पोलिक्लिनमा भइरहेको छ।  बसमा ४० जना यात्रु सवार थिए। उनीहरुलाई अन्य बसमा राखेर यात्रा गराइएको थियो। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.