सिन्धुलीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

सिन्धुलीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
सुन्नुहोस्

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका-१३ स्थित माथिल्लो रानिवासमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। 

बुधबार उदयपुरको कटारीबाट भिमानतर्फ आउँदै गरेको मधेस प्रदेशको ०४००१ क ००५१ नम्बरको ट्रक र बा९२प ६५६२ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटर साइकल चालक सर्लाहीको हरिवन नगरपालिका ७ का ३० वर्षीय रिद्धिबहादुर मिरिङसिङको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका मिरिङसिङको उपचारका लागि सिन्धुली अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायउ उपरीक्षक तथा प्रवक्ता चिरन्जीवी दाहालले जानकारी दिए।

घाइते मिरिङसिङलाई उपचारका लागि सिन्धुली अस्पतालमा ल्याइए पनि अस्पतालका डाक्टरले मृत घोषणा गरेका थिए। 

दुर्घटनापछि दुवै सवारी साधनसहित ट्रक चालक महोत्तरीको गौशला नगरपालिका १ बस्ने ४१ वर्षीय जितबहादुर आलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मिरिङसिङको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.