स्थानीय सञ्चारमाध्यमको लोककल्याणकारी विज्ञापनको शुल्क बढाउन माग

स्थानीय सञ्चारमाध्यमको लोककल्याणकारी विज्ञापनको शुल्क बढाउन माग
सुन्नुहोस्

नुवाकोट : स्थानीय सञ्चारमाधयमले पाउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम दोब्बर वृद्धि गर्न प्रेस काउन्सिल नेपालले माग गरेको छ। डेढ दशक पुरानो दरका कारण मिडिया संकटमा परेको हुँदा सरकारले रकम तत्काल बढाउनुपर्ने माग गरिएको हो। 

नुवाकोटको विदुरमा बुधबार आयोजित 'स्थानीय सञ्चारमाध्याम र आचारसंहिताको सबाल' विषयक अन्तर्क्रियामा स्थानीय सञ्चार माध्यम सबल बनाउने सन्दर्भमा प्रेस काउन्सिल नेपाल क्रियाशील रहेको र स्थानीय सन्चारमाधयमले पाउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम दोब्बर वृद्धि गर्न सरकारसँग माग गरिएको अध्यक्ष बालकृष्ण बस्नेतले बताए। 

उनले स्थानीय विकासको मेरुदण्ड नै स्थानीय सञ्चाररमाध्यम भएको कारण तीनै तहको सरकारले स्थानीय सञ्चाररमाध्यलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए। प्रेस काउन्सिल नेपालले स्थानीय सन्चारमाध्यमले पाउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम तत्काल दोब्बर वृद्धि गर्न सरकारलाई सुझाव दिइसकेको उल्लेख गर्दै अध्यक्ष बस्नेतले जिम्मेवार पत्रकारिता र जिम्मेवामर सन्चारमाध्यम नै पाठक, स्रोता र दर्शकको प्राथमिकतामा परिहेकोसमेत खुलाए । उनले स्थानीय सञ्चारमाध्यम नै जनताका पर्याय भएका कारण स्थानीय, प्रदेश र संघीय सरकारले विशेष रुपमा संरक्षण अधियान सञ्चालन गर्नुपर्नेसमेत बताए। 

काउन्सिलले सरकारले लोककल्याणकारी विज्ञापनबापतको रकम लामो समयसम्म वृद्धि नभएको र संकटको अवस्थामा जनताका लागि टिकाइरहन निकै कठिनाई भएको निष्कर्षसहित रकम दोब्बर गर्न माग गरिसकेको अध्यक्ष बस्नेतको भनाइ छ। उनले पत्रकार आचारसंहिता नै पत्रकार र सञ्चारमाध्यमको उचित कानुन भएका कारण यसको प्रभावकारी कार्यान्वन आवश्यक रहेको पनि बताए।
 
स्थानीय सञ्चारर माध्यमलाई टिकाइराख्न समस्या आइरहेको सन्दर्भमा प्रादेशिक र स्थानीय निकायका विज्ञापन/सूचना तत् तत् स्थानका सञ्चारमाध्यमले नपाएको विषयमा समेत काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको अधयक्ष बस्नेतको भनाइ छ। उनले स्थानीय र प्रदेश स्तरका सरकारी विज्ञापन/सूचना प्रकाशनका लागि स्थानीय र प्रदेश स्तरका सञ्चारमाध्यलाई प्राथमिकताका साथ उपलब्ध गराउन सम्बन्धित निकायमा लेखी पठाउने निर्णय भएकोसमेत बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.