भोजपुरबाट धरान हिँडेको बोलेरो दुर्घटना, महिला र बच्चाको शव भेटियो
![भोजपुरबाट धरान हिँडेको बोलेरो दुर्घटना, महिला र बच्चाको शव भेटियो](https://annapurnapost.prixacdn.net/media/albums/accident-jeep-5a8eb81799fb99.77667062_pXRNxD6v6k_rWkPwELdcr.jpg)
विराटनगर : भोजपुरको घोडेटारबाट यात्रु लिएर सुनसरीको धरान हिँडेको गाडी उदयपुरको बेलका नगरपालिका-७ मा दुर्घटना भएको छ। कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुबेर खापुङका अनुसार अग्लो भीरबाट बोलेरो गाडी खसेको हो।
घटनास्थलमा एक महिला र बच्चाको शव फेला परेको उनको भनाई छ। मृतकहरुको पहिचान खुल्न बाँकी छ।
मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ। घटनास्थलबाट प्रहरीले उद्धार गरेर ७ जनालाई उपचारका लागि धरानतर्फ पठाइएको खापुङले जानकारी दिए।
उनका अनुसार भोजपुरको हसनपुर प्रहरी चौकीको टोली घटनास्थल पुगिसकेको छ। गाडी नम्बर खुलेको छैन। बोलेरो भीरबाट निक्कै तल पुगेकाले नम्बर खुल्न नसकेको हो। दुर्घटनाको कारण खुल्न बाँकी छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)