मुक्तिनाथ दर्शन गर्न आएका भारतीय पर्यटकको लेक लागेर मृत्यु

मुक्तिनाथ दर्शन गर्न आएका भारतीय पर्यटकको लेक लागेर मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

जोमसोम : भारतको हैदरावाददेखि मुक्तिनाथ दर्शन गर्न आएका एकजना पर्यटकको लेक लागेर मृत्यु भएको छ। दर्शन गरी फर्किने क्रममा  भारतीय पर्यटकको आइतबार बिहान लेक लागेर मृत्यु भएको हो। शनिबार  मुक्तिनाथ दर्शन गरी जोमसोमको एक होटलमा बास बसेका  ८३ वर्षीय बि नारायाणलाई लेक लागेर बिरामी परेपछि जोमसोमको मुस्ताङ अस्पताल पुर्‍याउँदा मृत्यु भएको हो ।

भारतदेखि ४२ जनाको दर्शानार्थीको  टोली मुक्तिनाथ दर्शनका लागि शनिबार जोमसोम आइपुगेको थियो । ४२ जनामध्येका बि नायाराणणलाई मध्यरातमा स्वासप्रश्वासमा समस्या देखिएपछि आइतबार बिहान ३ बजे अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए  ।

घटना सम्बन्धी प्रहरीले विस्तृत विवरण संकलन गरी शव आफन्तलाई बुझाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । समथर बेसीबाट उच्च स्थानमा आउने पर्यटकलाई लेक लाग्ने समस्या रहन्छ । योसँगै चालु वर्षमा लेक लागेर मृत्यु हुने भारतीय पर्यटकको संख्या ६ पुगेको छ । यसअघि चालु वर्ष ५ जना भारतीय पर्यटकले चालु वर्ष लेक लागेर ज्यान गुमाएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.