रुख ढाल्ने क्रममा हाँगाले लागेर एक जनाको मृत्यु

रुख ढाल्ने क्रममा हाँगाले लागेर एक जनाको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

सिन्धुली : सिन्धुलीमा रुख काट्नेक्रममा हाँगाले लागेर एक जनाको मृत्यु भएको छ। कमलामाई नगरपालिका- ५ सिलामेका ३२ वर्षीय लोकनारायण श्रेष्ठ रहेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता चिरन्जिवी दाहालले जानकारी दिए। 

उनका अनुसार आइतबार कमलामाई नगरपालिका-१ तिनतले स्थित घागरठाकुर सामुदायिक वनमा रुख काट्ने क्रममा रुखको हाँगाले लागेर घटनास्थलमै मृत्यु भएको हो। 

श्रेष्ठ डिभिजन वन कार्यालय सिन्धुलीको स्विकृतिमा सामुदायिक वनको काठ कटान गर्न त्यहाँ पुगेका थिए। घटनाका बारेमा प्रहरी चौकी डाँडिगुराँसेको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको पनि प्रहरीले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.