पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले आवश्यक सहयोग गर्छ : प्रधानमन्त्री

पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले आवश्यक सहयोग गर्छ : प्रधानमन्त्री
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा पर्यटकीय राजधानी घोषणाले देशकै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। आइतबार पोखराको बाराहीघाटमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अभियानले पोखरा मात्रै नभएर सिंगो गण्डकी प्रदेश र देशकै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने बताएका हुन्।

प्रधानमन्त्री दाहालले पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग,समन्वय तथा सहकार्य गर्ने उल्लेख  छ।

पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत सहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने विश्वास व्यक्त गरे।

उनले भने,'पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि समेत यथोचित पहल तथा समन्वय गरिनेछ। पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट आवश्यक साझेदारी र सहयोग प्राप्त गर्न तथा निजी क्षेत्रका लगानीकर्ताहरूबाट आकर्षित गर्न सरकारले आवश्यक पहल गर्नेछ ।'

प्रधानमन्त्री दाहालले आगामी महिना आयोजन गर्न लागिएको लगानी सम्मेलनले समेत यस कार्यमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.