मुस्ताङ घुम्न आएका विदेशी पर्यटकसहित दुई जनाको लेक लागेर मृत्यु

मुस्ताङ घुम्न आएका विदेशी पर्यटकसहित दुई जनाको लेक लागेर मृत्यु
सुन्नुहोस्

मुस्ताङ : मुस्ताङमा लेक लागेर २ जना पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमा एक भारतीय र एक नेपाली दर्शनार्थी पर्यटक रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

मोरङ जिल्ला पगरी शनिश्चरे नगरपालिका-१ निवासी ६५ वर्षीया गोमादेवी लुइँटेलको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी भोजराज पाण्डेयले जानकारी दिए। उनका अनुसार मोरङदेखि मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ दर्शनका लागि मनकामना बचत तथा ऋण सहकारी संस्थाका ७४ जना सदस्य बस रिजर्भ गरी धार्मिक यात्राका लागि मुस्ताङ आएका थिए। 

आइतबार जोमसोमबाट मुक्तिनाथ जाँदै गर्दा वारागुङ मुक्तिक्षेत्र-१ खिङ्गा पुग्दा गोमादवीलाई लेक लागेर स्वास्थ्यमा समस्या देखिएको थियो। उनलाई स्वाश प्रश्वासमा समस्या भई अचानक बिरामी बेहोस भएपछि उपचारका लागि जोमसोमको मुस्ताङ जिल्ला अस्पतालमा पुर्‍याइएको थियो। अस्पतालमा पुर्‍याइएका उनलाई उपचार गर्ने क्रममा चिकित्सकले मृत घोषणा गरेको डीएसपी पाण्डेयले उल्लेख गरे। 

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक मिलनबहादुर विकको कमाण्डमा खटिएको ५ जनाको टोलीले घटनाको विवरण तथा शवको मुचुल्का उठाएर मृतकको शव आफन्तलाई जिम्मा लगाएको छ। यसअघि आइतबार बिहान ३ बजेको समयमा होटलमा बास बसेका एक भारतीय पर्यटकको मुस्ताङ जिल्ला अस्पतालमा लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

भारतको हैदरावादबाट मुक्तिनाथ दर्शनका लागि ४१ जना भारतीय धार्मिक तिर्थालु पर्यटक मुस्ताङ आएका थिए। अघिल्लोदिन मुक्तिनाथ दर्शन गरी फर्किएर जोमसोममा बास बसेका उनीहरूमध्ये ८३ वर्षीय बी नारायणलाई लेक लागेर स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुर्‍याइएको थियो। उनको उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीले उक्त घटनाको समेत विवरण संकलन गरी मुचुल्का उठाएर शव आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी पाण्डेयले जानकारी दिए। योसँगै मुक्तिनाथ दर्शन गर्न आउने क्रममा लेक लागेर मृत्यु हुनेको संख्या चालु वर्षमा ७ जना पुगेको छ। अघिल्लो वर्ष १२ जनाको लेक लागेर मृत्यु भएको थियो भने त्यसअघिको वर्ष ६ जना पर्यटकले लेक लागेर ज्यान गुमाएको प्रहरीको तथ्यांकमा उल्लेख छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.