बाँदरबाट बाली जोगाउन किसानलाई 'भोटे कुकुर'

बाँदरबाट बाली जोगाउन किसानलाई 'भोटे कुकुर'
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

अर्घाखाँची : अर्घाखाँचीको पोखराथोकमा बन्यजन्तुबाट खेतीबाली जोगाउन कृषकलाई भोटे कुकुर वितरण गरिएको छ । पाणिनी गाउँपालिका -२ पोखराथोकमा कृषकको मागका आधारमा शुद्ध नश्लका ९ वटा भोटे कुकुर वितरण गरिएको वडा अध्यक्ष चन्द्रकान्त पौडेलले बताए । 

बाँदर,बँदेल,दुम्सी  लाग्ने क्षेत्रका सबै गाउँ समेटिने गरी कृषककै मागका आधारमा भोटे कुकुर वितरण गरिएको हो । बादर लागेर खेतीपाती जोगाउन मुस्किल भएका तथा बन्यजन्तुबाट हैरानी खपेका कृषकहरू पनि भोटे कुकुर पाएपछि खुशी भएका छन् । पोखराथोकका कृषक भाष्करराज पौडेलले भने,'खेतीपाती तथा फलफूल जोगाउन मुस्किल थियो, बाँदर तथा बन्यजन्तुले हैरानी दिएका थिए, भोटे कुकुर पाएपछि खुशी भएका छौं ।'

कृषकहरूको २५ प्रतिशत र वडा कार्यालयको ७५ प्रतिशत लागत सहभागीतामा भोटे कुकुर वितरण गरिएको छ । वडा अध्यक्षसहित पाणिनी गाउँपालिकाको कृषि तथा पशु शाखाका प्राविधिकहरूले धादिंग भोटे कुकुर क्लब अफ नेपाल, पोखरा महानगर पालिकाको वडा नम्बर २१को भोटे कुकुर अफ  नेपाल र माछापुच्छ्रे गाउँपालिकाबाट खरिद गरेका कुकुर कृषकलाई वितरण गरिएको हो।

सबै  डाक्टरी रिपोर्ट,डिएन ए चेक समेत गरेर कुकुर ल्याइएको वडा अध्यक्ष पौडेलले जानकारी दिए । ४० देखि ६० दिन सम्मका कुकुरहरूको खरिद मुल्य प्रति कुकुर ३५ हजार रहेको छ । कृषकहरूले ३५ हजारको २५ प्रतिशत अर्थात ८ हजार ७ सय ५० रुपैयामा शुद्ध नश्लका भोटे कुकर पाएका छन् । 

बादर बदेल जस्ता बन्य जन्तुले सताउन थालेपछि अर्घाखाँची सहित पहाडि जिल्लाका मानिसको बढ्दो बसाइसराइ रोक्न यो कार्यक्रम प्रभावकारी हुने अपेक्षा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकृत रोमनाथ न्यौपानेले बताए । 

अर्घाखाँचीका अधिकांस क्षेत्रमा बाँदर,बँदेल, दुम्सी जस्ता बन्यजन्तुले खेतीबाली सखाप पारेपछि कृषकहरू चिन्तित बनेका छन् । वन्यजन्तुबाट खेती जोगाउन गरेको कुकुर वितरण कार्यक्रम नेपालकै सबै स्थानीय तहमा पहिलो भएको पाणिनि गाउँपालिकाको दावी छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.