बैतडीमा श्रीमान‍ले गरे श्रीमतीको हत्या, दुईजना गम्भीर

बैतडीमा श्रीमान‍ले गरे श्रीमतीको हत्या, दुईजना गम्भीर
सांकेतिक तस्बिर।
सुन्नुहोस्

बैतडी  : बैतडीमा एक पुरुषले कोदालो प्रहार गरी श्रीमतीको हत्या  गरेका छन् भने दुईजनालाई गम्भीर घाइते भएका छन्  । डिलाशैनी गाउँपालिका- ७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले कोदालो प्रहारबाट  आफ्नी ५६ वर्षीया श्रीमती पार्वती धामीको हत्या गरेका हुन्। 

बिहीबार बिहान ९ बजेतिर किसनले आफ्नी श्रीमतीलाई कोदालो प्रहार गरेको र त्यसपछि उनकै घरमा डेरा गरी बसेका सुभास कलौनी र देवराज भट्टमाथि कोदालो प्रहार गरेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए।

दशरथचन्द नगरपालिका ९ घर भएर डिलाशैनी गाउँपालिकामा उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ कलौनी र कार्यालय सहयोगीका रूपमा कार्यरत २६ वर्षीय भट्ट  घाइते भएका हुन्।

घाइतेहरूलाई थप उपचारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर मगाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

घटनाबारे खुल्न सकेको छैन्।  किसनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसी नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.