मदिरामा राजस्व छली प्रकरण : उद्योग सिल, मालिक फरार

मदिरामा राजस्व छली प्रकरण : उद्योग सिल, मालिक फरार
फाइल तस्बिर।
सुन्नुहोस्

सिरहा : आन्तरिक राजस्व कार्यालय लहानले उद्योग सिल गरी अनुसन्धान थालेपछि सिरहाको शारदा डिस्टिलरी प्रालिका मालिकद्वय प्रमोद गोयन्का र नवीन गोयन्का फरार भएका छन्। मदिरा उद्योग सञ्चालक प्रमोद र नवीन बाबुछोरा हुन्।

गोलबजार नगरपालिका–९ मा रहेको शारदा डिस्टिलरीले आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको अन्तःशुल्कको एउटा स्टिकरलाई दुईटुक्रा पारेर प्रयोग गरी राजस्व छली गरिरहेको घटना बाहिरिएपछि उद्योग र माडरस्थित आषिश जेनेरल स्टोरको गोदाम सिल गरेर अनुसन्धान भइरहेको छ।

मदिरा उद्योग पूर्णरूपमा सिल गरेका छौं। अहिले उद्योगका व्यत्तिाmहरूभित्र छिर्न पाउँदैनन्। निगरानीका लागि प्रहरी खटाइएको छ। - पुण्य रिजाल, प्रमुख,  आन्तरिक राजस्व कार्यालय लहान 

अनुसन्धानका लागि राजस्व कार्यालयले उद्योगका सञ्चालकद्वय प्रमोद, नवीन र जेनेरल स्टोरका मालिक ललन यादवलाई बयानका लागि पत्र काटेर बोलाएका छन्। उनीहरूमध्ये ललन कार्यालयको सम्पर्कमा आएका छन्। प्रमोद र नवीन फरार भएका हुन्। स्रोतका अनुसार उनीहरू फरार भएर भारत गएका छन्। राजस्व छलीमा कारबाहीमा परिने भएपछि डरले उनीहरू भारत भागेको आशंका गरिएको छ।

राजश्व कार्यालयका प्रमुख पुण्य रिजालका अनुसार उद्योग सञ्चालक गोयन्काले कार्यालयमा प्रतिनिधि पठाएर भारतमा रहेकाले होली पछि बयानका लागि उपस्थित हुने जानकारी दिएका छन्। यस विषयमा अनुसन्धान गर्न आन्तरिक राजस्व विभागका केन्द्रीय टोली पनि शुक्रबार सिरहा आउन लागेको रिजालले जानकारी दिए।

‘मदिरा उद्योग पूर्णरूपमा सिल गरेका छौं। अहिले उद्योगका व्यक्तिहरूभित्र छिर्न पाउँदैनन्। निगरानीका लागि प्रहरी खटाइएको छ’, रिजालले भने, ‘अहिले स्टोरको गोदामबाट बरामद गरेको मदिरा बोतल चेकजाँचमै व्यस्त छौँ। यो सकेपछि उद्योगमा चेकजाँच गरिनेछ।’

चार दिनअघि डिस्टिलरीको मूलगेटबाट निस्किएको मदिरा लोड भएको ट्रकमा एउटा स्टिकरलाई दुई टुक्रा पारी दुइटा मदिरा बोतलमा लगाएको पाइएको हो।

प्रतिस्टिकर छपाइ २५ पैसा र अन्तःशुल्कबापत उद्योगले प्रतिलिटर मदिरामा ५० रुपैयाँ तिर्नुपर्ने हुन्छ। सोही कारणले स्टिकर टुक्रा टुक्रा पारि बोतलमा प्रयोग गरेको भेटिएको छ। जसबाट सरकारको करोडौं रुपैयाँ राजस्व छली भएको छ। घटना बाहिरिएको चार दिन बित्दा पनि उद्योगलाई स्टिकर जारी गरेको तथ्यांक राजश्व कार्यालयले दिन सकेको छैन। राजश्व छलिमा कर्मचारीको मिलोमतो रहेको शंका बढेको छ।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.