पहाडमा होलीको रौनक, मर्यादित हुन प्रशासनको आग्रह

पहाडमा होलीको रौनक, मर्यादित हुन प्रशासनको आग्रह
सुन्नुहोस्

सिन्धुली : सिन्धुली लगायत पहाडी जिल्लामा रङहरुको पर्व होलीको रौनक सुरु भएको छ। आइतबार बिहानैदेखि सिन्धुलीमा विभिन्न संघ/संस्था, समुह तथा व्यक्तिहरुको जमघटमा धुमधामका साथ होली पर्व मनाउन थालिएको छ।

चिसो मौसम भए पनि सिन्धुलीमाढी लगायत ग्रामीण क्षेत्रहरुमा एक अर्कालाई रंग्याउँदै होली पर्वको अवसरमा सुखद शुभकामना आदन प्रदान भइरहेको छ। असत्यमाथि सत्यको विजय भएको स्मरणमा फागु पूर्णिमाको पहिलो दिन पहाडी जिल्लाहरुमा मनाउने होली पर्व सिन्धुलीमा पनि धुमधामका साथ मनाइएको हो। 

nullविभिन्न पहिरनमा सजिएका युवा युवतिदेखि, राजनीतिक दलका नेता, जनप्रतिनीधि, सरकारी कर्मचारी तथा सुरक्षा निकायका प्रमुखसमेत फागु पूर्णिमामा एकअर्कासँग भेट गरेर आफन्तका घरमा गएर होलीको टीका लगाउँदै आशीर्वाद आदानप्रदान गरिरहेका छन्। 

यस्तै जिल्लाका विभिन्न समुदायले आ–आफ्ना परम्परा अनुसारको व्यवस्थापनसहित जमघट भएर होली पर्व मनाइरहेका छन्। होलीको दिन ठूलाबाट सानाले आर्शीवाद लिने चलन छ  । 

होलीको पहिलो दिन पहाडी जिल्लाका साथै तराईमा पनि विभिन्न पाहाडी जिल्लाबाट बसाइसराइ गरी आउनेहरूले पनि आ–आफ्नै ढंगले होली मनाउने गरेका छन्। शिद्धबाबा संचार सहकारी संस्थाद्धार आयोजित होली पर्व विशेष कार्यक्रममा जिल्ला समन्वय समितिकी उप–संयोजक शान्ता कार्कीले होली पर्वलाई संस्कृतिक रंगहरुको पर्वको रुपमा मनाउनुपर्ने बताइन्। 

null

उनले नेपाली–नेपालीमा आपसी भाइचार, सद्भाव, प्रेमसहितको सुसज्जित सांस्कृतिका रुपमा होलीलाई मनाउन पर्नेमा जोड दिइन्। यसैबीच सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनालले होली पर्वलाई मर्यादित रुपमा मनाउन आग्रह गरेका छन्। 

‘नेपालीहरुको हरेक चाडपर्वले सामाजिक सद्भाव अभिवृद्धि, आपसी सम्बन्ध र भातृत्व कामय गर्दछ। यस्तो साझा पर्वका रुपमा रहेको होलीमा कसैको इच्छा विपरीत रङ, लोला, पानी तथा अन्य कुनै पनि पदार्थ छ्याप्ने काम गर्नु हुन्न। यस्तो गरेको पाइएमा कानुन अनुसारको कारबाही हुन्छ,’ खानलले भने।

यस्तै होली पर्वको अवसरमा मादक पदार्थ सेवन गरी सवारी चालाउने, सार्वजनिक स्थलमा होहल्ला गर्ने जस्ता कानुन विपरीतका कार्य नगरी शान्ति सुरक्षा कायम गरी फागु पर्व मनाउन समेत प्रशासनले आग्रह गरेको छ। 

होली पर्वमा हुन सक्ने दुर्घटनालाई लक्षित गर्दै जिल्ला सदरमुकाम तथा जिल्लाका ठुला राजमार्गहरुमा सुरक्षा व्यवस्था कडा बनाईएको सिन्धुलीका प्रहरी प्रमुख विनोद शर्माले जानकारी दिए।

nullnullnullnullnullnull 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.