अछाममा ट्याक्टर दुर्घटना : पाँचजनाको मृत्यु, तीन घाइते

अछाममा ट्याक्टर दुर्घटना : पाँचजनाको मृत्यु, तीन घाइते
सुन्नुहोस्

अछाम : अछाममा ट्याक्टर दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ। सोमबार बिहान मेल्लेख गाउँपालिका वडा नम्बर ७ नन्देगडाको सुयडीमा ट्याक्टर दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।

षोडशाबाट साँफेबगरतर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्याक्टर सुयडी नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा तीनजना गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.