नुवाकोटको तारुकामा कृषि मोटर बाटो निर्माण
नुवाकोट : नुवाकोटको तारुकामा कृषि मोटर बाटो निर्माण गरिएको छ। किसानहरुको सुविधाका लागि मोटर बाटो निर्माण गरिएको हो।
स्थानीय रत्नेडाँडा–बन्चेडाँडा–कदमबोटे हुँदै जैसिडाँडा जोड्ने कृषि मोटर बाटोको निर्माण गरिएको हो। तारकेश्वर गाउँपालिकाले सो कृषि सडकको मर्मत सम्भार गर्न थप १ लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ।
कृषि मोटर बाटोको निर्माणले किसानहरूलाई आफूले उत्पादन गरेका वस्तु बजार तथा उपभोक्तामाझ लैजान सजिलो भएको अध्यक्ष शिव अधिकारीले बताए।