अछामको मेल्लेखमा भोलि शोक बिदा
अछाम : मेल्लेख गाउँपालिकाले ट्याक्टर दुर्घटना परी ज्यान गुमाएका ५ जनाको शोकमा शुक्रबार गाउँपालिकामा शोक बिदा दिएको छ।
बिहीबार गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदको अध्यक्षता बसेको कार्यपालिकाको बैठकले शोक प्रस्ताव पारित गर्दै गाउँपालिका भित्रका सम्पूर्ण कार्यालयहरू बन्द गर्ने निर्णय गरेको गाउँपालिका प्रवक्ता प्रकाशबहादुर अधिकारीले जानकारी दिए।
कार्यपालिका बैठकले मृतकका परिवारलाई तत्काल किरिया खर्च २५/२५ हजार दिने निर्णय गरेको उनले जानकारी दिए। यही चैत १२ गते मेल्लेख गाउँपालिका-७ नन्देगडाको सुयडामा ट्याक्टर दुर्घटना हुँदा एकै वडाका रंग धामी,प्रेम धामी, नरबहादुर धामी, जनक धामी र जनक धामीको मृत्यु भएको थियो। दुर्घटनामा परी दुई जना घाइते भएका थिए।