जब पोखराको सडकमा बस ठडियो...
![जब पोखराको सडकमा बस ठडियो...](https://annapurnapost.prixacdn.net/media/albums/Archale-bus_o4wYOe6gED_NaPxKvei9A.jpg)
पोखरा : कविशिरोमणि लेखनाथ पौडेलको जन्मस्थल अर्घौं अर्चले पोखरामा शनिबार बिहान १० बजे एउटा बस सडकको बीचोबीच ठडियो। चालक टीकाराम विक बस रिजर्भ गरेका यात्रुलाई पुर्याएर फर्किंदै थिए।
बसमा उनीसँग सहचालक शालिकराम सुवेदी पनि थिए। ब्रेक फेल भएपछि बस पल्टिएन बरु ठिंग्रिंग ठडियो।
ग१ख ८६८० नम्बरको उक्त बसका चालक विक र सहचालक सुवेदी घाइते भए उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)