प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप सुरु

प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप सुरु
सुन्नुहोस्

कपिलवस्तु : प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिता वाणगंगा नगरपालिकाको बुद्ध रंगशालामा आजबाट सुरु भएको छ। 

जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको उद्घाटन खेलमा आयोजक टिम कपिलवस्तु ११ विरुद्ध थ्री स्टार ललितपुरले ३ गोलले विजयी बनेको छ। 

खेलमा थ्री स्टार ललितपुरका निरज चौधरीले पहिलो र तेस्रो गोल गरेका थिए भने थ्री स्टारका अर्का खेलाडी दिपेश घलेले एक गोल गरेका थिए। आजको खेलमा थ्री स्टार क्लब ललितपुरका निरज चौधरी म्यान अफ द म्याच घोषित भएका छन्। 

प्रतियोगिताको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले उद्घाटन गरेका थिए। प्रतियोगितामा प्रथम हुने टिमलाई ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र दोस्रो हुनेलाई ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र शिल्ड, मेडल र प्रमाण पत्र दिइने अध्यक्ष तिलक थापाले जानकारी दिए।

प्रतियोगितामा नेपालका ’ए’ डिभिजनका क्लबसहित ८ टोलीको सहभागिता रहने छ। जसमा थ्री स्टार क्लब ललितपुर, त्रिभुवन आर्मी क्लब, मछिन्द्र क्लब, नेपाल पुलिस क्लब, सुदूरपश्चिम-११ धनगढी, साहारा क्लब पोखरा र आयोजक टिमबाट कपिलवस्तु -११ सहभागी रहेका छन्। 

प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगितागोपाल भण्डारी व्यवस्थापन गर्नका लागि करिब १ करोड १८ लाख खर्च हुने अनुमान गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.