अलमलमा कांग्रेस, एमालेसहितका दल चुनावी मैदानमा

इलाम–२ उपनिर्वाचन

अलमलमा कांग्रेस, एमालेसहितका दल चुनावी मैदानमा
सुन्नुहोस्

इलाम : वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार उम्मेदवारी घोषणा गरेको छ। यसअघि नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले उम्मेदवार घोषणा गरेर प्रचार शुरू गरे पनि मुख्य प्रतिस्पर्धी ठानिएको नेपाली कांग्रेसले भने उम्मेदवारको टुंगो लगाउन सकेको छैन। कांग्रेसको क्षेत्र, जिल्ला, प्रदेश समितिले समेत नाम सिफारिस गरेर पठाएको हप्ता दिनभन्दा बढी हुँदा पनि केन्द्रले उम्मेदवार घोषणा गर्न नसकेको हो।

नेपाली कांग्रेसमा भने टिकटको रस्साकसी जारी छ। कांग्रेसको इलाम जिल्ला कार्यसमितिले पनि भेषराज आचार्य, केशव थापा, डम्बर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्दम, चन्द्रमाया लिम्बु र शान्तिकला तामाङको नाम केन्द्रमा पठाएको छ। कांग्रेसका एक नेता भन्छन्, ‘जंघार तर्न तिघ्रा कमाउने कांग्रेसको चालकै कारण त्यस क्षेत्रमा काग्रेसले पटक–पटक हार व्यहोर्नु परेको हो।’ पार्टीका सभापति, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका पार्टीका नेताहरू इलाम पुगेर उम्मेदवार सार्वजनिक गरेका हुन्।

उपप्रधान तथा गृहमन्त्री लामिछानेले स्वर्गीय नेता सुवास नेम्वाङको विरासत बोक्न इलामको माटोमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको बताएका छन्। शनिबार इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचनका लागि उम्मेदवार सार्वजनिक कार्यक्रममा बोल्दै उनले मिलन लिम्बूलाई आफ्नो दलले उम्मेदवार बनाएको बताउँदै इलामले घण्टी बजाएरै छोड्ने दाबी गरे।

इलामको चोक बजार लाँकुरी चौतारामा एक कार्यक्रम गरी पत्रकारसमेत रहेका मिलन लिम्बुको उम्मेदवारी सार्वजनिक गरिएको हो। उम्मेदवारी सार्वजनिक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, ललितपुर ३ की सांसद तोशिमा कार्की, पार्टी सभापति रवि लामिछाने, स्वर्णिम वाग्ले, उम्मेदवार घोषणा गरिएका मिलन लिम्बुलगायतका वक्ताहरूले सम्बोधन गरेका थिए। गत भदौ २६ गते नेकपा (एमाले)का उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि हुन लागेको उपनिर्वाचनका लागि इलाम २ मा चहलपहल सुरु भएको छ।

एकाएक चर्चामा आएका नेम्वाङ पुत्र सुहाङ नेम्बाङलाई नेकपा एमालेले इलाम क्षेत्र न २ मा उम्मेदवार बनाएपछि चुनावी सरगर्मी बढेको हो। इलाम क्षेत्र २ मा वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा एमालेले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। नेपाल कम्युनिस्ट पार्टी माओवादी कोशी प्रदेश समितिले चार जना आकांक्षीको नाम सिफारिस गरेको छ। प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो) पार्टीको तर्फबाट धीरेन्द्र शर्मा तिम्सिना (रमण), उर्मिला तामाङ (चन्दा) ओमबहादुर गुरुङ (सौरभ) र कुमार बराइली (अनिल)को नाम केन्द्रमा सिफारिस गरेर पठाएको जानकारी दिए। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले इलाम क्षेत्र २ को उपनिर्वाचनका लागि सचिवालय सदस्य जितबहादुर राईलाई उम्मेदवार बनाएको छ। इलाम क्षेत्र नंं.२ मा वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने भएको छ। इलाम २ मा प्रेमदीप लिम्बू, डकेन्द्रसिंह थेगिम र अर्जुनविक्रम शाहीले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। चैत २४ गते उम्मेदवारी दर्ता गर्ने गरी निर्वाचन आयोग काम गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.