नेपाली दूतावास रियादको ध्यानाकर्षण
![नेपाली दूतावास रियादको ध्यानाकर्षण](https://annapurnapost.prixacdn.net/media/albums/saudi_vx5k5vZckM_kWziwLTaPt.jpg)
साउदी अरब : नेपाली दूतावास रियादले भ्रामक समाचारप्रति ध्यानाकर्षण जनाएको छ। चैत १७ गते एक अनलाइनले साउदी अरेबियास्थित नेपाली दूतावासमा कार्यरत साउदीका राजदूत नवराज सुवेदी, उपनियोग प्रमुख डम्बरू बल्लभ पौडेल र द्वितीय सचिव टिकाराम उपाध्य भ्रष्टाचारमा लिप्त भएको र वैदेशिक रोजगारदाता कम्पनीको मागपत्र प्रमाणीकरण र नेपाली मेनपावर छनोटमा अनियमितता गरेको आरोप लागाएको थियो।
दूतावासले राजदूत नवराज सुवेदी र कर्मचारीका निकटस्थ मेनपावर कम्पनीबाट श्रमिक लैजानुपर्ने शर्त गराएरमात्रै प्रमाणीकरण गरे बापत प्रति श्रमिक न्यूनतम पाँच हजार रुपैयाँ घुस दिनुपर्ने कुरा समाचारमा उल्लेख थियो।
दूतावास रियादले साउदीमा रहेका विभिन्न भातृसंगठन र मिडिया तथा पत्रकारबीच छलफल गरी खण्डन गर्दै गम्भीर आपत्ति जनाएको हो। राजदूत सुवेदीले गलत समाचारको यथार्थमा उतार्ने हजारौं परीक्षा दिन दूतावास तयार रहेको बताए। दूतावासमा कुनै अनियमितता हुन नदिने उनको भनाइ थियो।
श्रमिकको विषयलाई उजागर गर्ने, नाफामुखी सोच नहुने र समय अनुसार कार्यशैलीमा परिवर्तन गर्ने जोड हेको उनले बताए। उनले गलत काम नगरेकाले नेपाली समुदायको सदैव साथ रहने बताए। उनले स्रोत साधनको कमीका बावजुद दैनिकी १८ घण्टासम्म काम गरेको बताए।
नियोग उपप्रमुख डम्वरु बल्लभ पौडेलले गलत समाचारले आफूलाई चिन्तित बनाएको र समुदायमा नराम्रो छाप बनाउनुको साथै दूतावासमाथि नै प्रश्न उठेकाले आवश्यकअनुसार सम्बन्धित निकायमा कारबाहीका लागि माग गरेको बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)