उम्मेदवार टुंगो लगाउन केन्द्रीय कार्य सम्पादन समितिको बैठक दिउँसो बस्‍दै

उम्मेदवार टुंगो लगाउन केन्द्रीय कार्य सम्पादन समितिको बैठक दिउँसो बस्‍दै
सांकेतिक तस्बिर

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज दिउँसो बस्ने भएको छ। आजको बैठकले उपनिर्वाचनका लागि कांग्रेसको उम्मेदवार तय गर्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

मंगलबार र बुधबार बसेको बैठकमा संस्थापन पक्ष र इत्तरपक्षबीचको अडान कायम रहँदा कांग्रेसले उम्मेदवार चयन गर्न सकेको छैन। बुधबार संसदीय बोर्डको बैठकमा सभापति शेरबहादुर देउवाले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए। यता महामन्त्री गगन थापा समूहका तर्फबाट भेषराज आचार्यलाई उम्मेदवारी बनाउनुपर्ने अडान रहेको छ। 

क्षेत्रीय कार्यसमितिको बैठकले भेषराज आचार्य, केशव थापा, डम्बर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्देन,चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम सिफारिस गरेको छ। आज बिहान आकांक्षीसँग छलफल गरेपश्चात दिउँसोको बैठकमा उम्मेदवार तय हुनेछन्। आकांक्षी धेरै भएपनि मुख्य प्रतिस्पर्धा खड्का र आचार्य रहेका छन्। खड्का यस अगाडि नेम्वाङसँग हारेका थिए।

उनीहरुबीच छलफल गरेपछि आज दिउँसो बस्ने कार्यसम्पादन समितिको बैठकले उपनिर्वाचनको उम्मेदवार तय गर्ने पौडेलले जानकारी दिए। आगामी वैशाख १५ गते प्रतिनिधिसभामा इलाम- २ र प्रदेशसभामा बझाङ- १ मा उपनिर्वाचन हुँदैछ।

इलाम- २ मा नेकपा एमालेले स्व. सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ, राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी परित्याग गरेका मिलन लिम्बू र राष्ट्रिय प्रजातन्त्र पार्टीले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाइसकेको छ। एमालेलाई नेकपा माओवादी केन्द्रले समर्थन गर्ने गरी औपचारिक रुपमा सार्वजनिक गर्न बाँकी भएपनि आन्तरिक सर्कूलर जारी भएको छ। माओवादीको इलाम जिल्ला कमिटीले उम्मेदवारका रूपमा धिरेन शर्माको नाम केन्द्रमा सिफारिस गरेको थियो।

एमालेले बझाङ १ को प्रदेशसभा निर्वाचन क्षेत्र (१) मा दमन भण्डारीलाई उम्मेदवार बनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.