पूर्व–पश्चिम राजमार्ग विस्तार : कमला–कञ्चनपुर खण्डको ५०% काम सकियो

पूर्व–पश्चिम राजमार्ग विस्तार : कमला–कञ्चनपुर खण्डको ५०% काम सकियो
राजमार्ग विस्तारअन्तर्गत सडक कालोपत्र गर्दै कामदार। तस्बिर : शम्भु यादव।

सिरहा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्मको सडकखण्ड विस्तार तीव्र रूपमा भइरहेको छ। एसियाली विकास बैंक (एडीबी)को सहुलियत ब्याजदरको ऋण लगानीमा विभिन्न खण्डमा कल्भर्ट, पुल निर्माण र सडक विस्तार भइरहेको हो। अहिलेसम्म राजमार्ग विस्तारको काम ५० प्रतिशत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ।

सडक विभागको एडीबी निर्देशनालयका अनुसार करिब १५ अर्ब रुपैयाँमा काम सक्ने गरी चिनियाँँ कम्पनी चाइना रेल्वे नं. २ इन्जिनियरिङ ग्रुपले राजमार्ग विस्तारको दुवै खण्डमा ठेक्का लिएको हो। कम्पनीले ठेक्का पाएसँगै निर्माणले तीव्रता पाएको छ। करिब ८७ किलोमिटरको यो सडकको बीचमा ‘मेडियन’ (डिभाइडर संरचना) निर्माण गरिनुका साथै दुईतर्फ ७–७ मिटर र एउटा लेन साढे ३ मिटरको रहने जनाइएको छ। 

कमला–कञ्चनपुर राजमार्ग खण्डको बजार क्षेत्र बाहिर पर्ने ६८ दशमलव ११ किलोमिटर खण्ड चार लेन र कञ्चनपुर, जन्डोल, वीरेन्द्रबजार, रुपनी, शम्भुनाथ, लहान, गोलबजार, मिर्चैया र बन्दीपुरमा गरी कुल ३२ दशमलव ६ किलोमिटर खण्ड ६ लेनको रहनेछ। लहान र रुपनीमा अन्डरपास तथा लहानमा दुई ठाउँमा ओभरहेड पुलसमेत बनाइने ग्रुपले जनाएको छ। 

चिनियाँ कम्पनिले निर्माणमा प्रयोग हुने केही सवारीदेखि अन्य सामान चीनबाटै ल्याएको छ। कम्पनिले राजमार्ग खण्डमा चाहिने प्रि–कास्ट कल्भर्ट र प्रि–कास्ट ब्रिज कम्पनिको यार्डमा अत्याधुनिक प्रविधिको प्रयोग गरी निर्माण गरेको छ। त्यसरी निर्माण गरिएको प्रि–कास्ट कल्भर्ट र ब्रिज सिधैं राजमार्ग निर्माणमा जडान गर्दै आएको छ। 

कम्पनीले स्थानीय जनशक्तिलाई पनि निर्माणमा खटाएको छ। राजमार्ग निर्माणमा चिनियाँ र नेपाली दुवै प्राविधिक जनशक्ति खटिएका छन्। कम्पनीको गत महिनाको तथ्यांकअनुसार १ हजार २ सय ८४ नेपाली जनशक्तिले काम गरेका छन्। 

राट्रिय गौरवको योजनाको ५० प्रतिशत काम सम्पन्न भइसकेको कम्पनिले जनाएको छ। कम्पनीका प्रशासनिक अधिकृत झु क्वीनसेङले राट्रिय गौरवको योजनाको ५० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए। उनले यहाँको जनस्तर बढाउनमा कम्पनिको ठूलो विशेषता रहेको र अब कम्पनिले छिटोभन्दा छिटो राजमार्गको निर्माण कार्य सम्पन्न होस भन्ने ठूलो इच्छा आफूहरूको रहेको बताए। राजमार्ग क्षेत्रमा बिधुत पोल लगायत संरचनामा खाली गराउन ढिलाइ हुँदा काममा ढिलाइ भएको कम्पनीले जनाएको छ। तर राजमार्ग विस्तार कार्य तीव्र रूपमा भइरहेको उनले जानकारी दिए।

समयमै काम पूरा गर्न स्थानीयको माग

विस्तारका लागि लहान, मिर्चैयालगायत ठाउँमा सडक खनिएको छ। समान्य वर्षा हुँदा पानी जम्ने गरेको छ। जसका कारण हाइवेका बजार व्यवसायीहरू मारमा परेका छन्। पसल अगाडि पानी जमेपछि बिक्री वितरण र मानिसहरूको आवागमन अवरुद्ध हुने गरेको छ। समयमै बाँकी काम पूरा गरे स्थानीयले पाइरहेको सास्तीबाट मुक्ति पाउने जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष विकास शारदाले सुनाए। 

‘काम अधूरो हुँदा सडकमा धूलो र वर्षा हुँदा हिलो हुने गरेको छ,’ उनले भने, ‘धूलो हुँदा पनि व्यपारीको पसल चल्दैन। हिलो हुँदा त झन आवतजावत नै रोकिन्छ। काम पूरा हुँदा स्थानीय खुशी हुन्छन्।’ काममा सहजीकरण गरी पूरा गर्र्न आफूहरू पनि सम्बन्धित निकायलाई घच्घचाउने गरेको उनले सुनाए।

गत वर्ष भोगेको दुःख जस्तो यस वर्ष नहोस भन्ने चाहना आफूहरूको रहेको अर्को स्थानीय विजय यादवको भनाइ छ। ‘पोहोर लहान बजारमा वर्षा हुँदा जलमग्न भएको थियो। बाटो खनिएको थियो। नाला थिएन। पानी जम्दा सडक छेउका मानिसहरूलाई घर पस्न पनि समस्या हुन्थ्यो,’ उनले भने, ‘यस वर्ष पनि त्यस्तो नहोस वर्षा आउनुअघि नै बजारमा कालोपत्रे नभएपनि बाटो नाला, फिलिङ र ग्राभेलको काम भए समस्या भोग्नुपर्दैन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.