स्वच्छन्द द क्याराभान जेभीको लापरबाही

२ वर्षमा सक्ने काम ५ वर्ष बित्दासमेत सकिएन

२ वर्षमा सक्ने काम ५ वर्ष बित्दासमेत सकिएन
निर्माण अलपत्र पारिएको धनकुटाको भेडेटार–महाभारत–आहाले सडकखण्ड । तस्बिर : हरिबहादुर लम्जेल

२६ महिनाभित्र काम सक्ने गरी काठमाडौंंको स्वच्छन्द द क्याराभान जेभीले २०७५ असारमा निर्माणको जिम्मा पाएको थियो। पाँच वर्ष बित्यो तर काम सम्पन्न हुन सकेको छैन।

धनकुटा : ठेकेदारले समयमै काम सम्पन्न नगर्दा भेडेटार–महाभारत–आहाले सडकखण्डको १० किलोमिटर सडक कालोपत्रे गर्ने काम अलपत्र परेको छ। निर्माण सुरु भएको लामो समय बित्दासमेत यो सडक पूर्णरूपमा कालोपत्रे हुन सकेको छैन। जसको कारण यस क्षेत्रका स्थानीयले सास्ती भोग्नु परेको छ। उक्त सडकखण्डले साँगुरीगढी गाउँपालिकाको ६, ७, ८, ९ र १० वडालाई समेट्छ। भेडेटारदेखि महाभारत, आहाले हुँदै बराहक्षेत्र पुग्नका लागि छोटो दूरी पर्दछ। 

२६ महिनाभित्र काम सक्ने गरी काठमाडौंंको स्वच्छन्द द क्याराभान जेभीले २०७५ असारमा निर्माणको जिम्मा पाएको थियो। पाँच वर्ष बित्यो तर काम सम्पन्न हुन सकेको छैन। 

तत्कालीन जिल्ला आयोजना कार्यान्वय इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) धनकुटाले करिव १० किलोमिटर सडक कालोपत्रे गर्न भ्याटसहित २० करोड ९५ लाख रूपैयाँ बराबरको ठेक्का लगाएको थियो। अहिले उक्त कार्यालय खारेज भइसकेको छ। योजनाको काम इटहरीस्थित स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयमा सरेको छ। उक्त सडक निर्माणको म्याद सकिएपछि ३ पटक म्याद थपिएको छ। 

डीवीएसटी प्रविधिबाट कालोपत्रे गर्ने भनिएको थियो। १० किलोमिटर मध्ये ७ किलोमिटर कालोपत्रे भइसकेको छ। सडक निर्माणको काम ९० प्रतिशत सम्पन्न भनिए पनि अहिले संरक्षण अभावले पुरानै अवस्थामा फर्किएको छ। कालोपत्रे उप्किन थालेको छ। भने मेसिनरी वाल भत्किन थालेको छ। कतिपय स्थानको सडक छेउमा पहिरोसमेत गएको छ। सडक छेउमा अलकत्रको ड्रम अलपत्र छन्। गिट्टीहरू छरिएका छन्। nullसडक छेउमा अलपत्र परेका अलकत्रका ड्रम। 

सडक निर्माणका लागि ताकेता गर्न जनप्रतिनिधि सहित स्थानीयको टोली केही महिना अघि इटहरी स्थित आयोजनाको कार्यालयमा समेत पुगेको थियो। 
समयमै सडक निर्माण सम्पन्न नहुँदा सास्ती पाएकोे साँगुरीगढी गाउँपालिका ७ महाभारतका स्थानीय देवेन्द्र राईको भनाइ छ। उनका अनुसार काम भएको समयमा तीव्र रूपमा भएको हो। तर, ठेकेदारले काम छोडेदेखि पूनः काम सुरु भएको छैन।

केही महिना अघि इटहरस्थित स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयमा स्थानीय सहित जनप्रतिनिधिको टोली डेलिगेशनका लागि पुगेको थियो। गाउँपालिकाकै गौरवका रूपमा रहेको यो सडक निर्माण गराउन आफूहरूले पटक–पटक सम्बन्धित निकायमा ताकेता गरिरहेको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईको भनाइ छ। समयमै काम सम्पन्न हुँदा आहालेका स्थानीय बासिन्दालाई भेडेटार आवजावत गर्न धरान हुँदै आउनुपर्ने बाध्यता हट्ने अध्यक्ष राई बताउँछन्। 

सडक निर्माणका लागि पटक–पटक पत्र काटेपछि निर्माण व्यवसायी सम्पर्कमा आएको र म्याद थपका लागि निवेदन आएर अब भने काम गर्ने प्रतिबद्धता प्राप्त भएको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय इटहरीका इन्जिनियर थिरेन्द्र दाहालले बताए। आहाले महाभारतका स्थानीयलाई गाउँपालिका केन्द्र भेडेटार आवजावत गर्न छोटो दूरीका रूपमा रहेको छ यो सडक। यो सडकले साँगुरीगढी गाउँपालिकाको ४ वटा वडालाई समेट्छ। यो सडकबाट भेडेटार बजारदेखि सुनसरीको वराहक्षेत्र पुग्न छोटो दूरी हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.