धनकुटाको साँगुरीगढीमा किसान सूचीकरण कार्यक्रम सुरु

धनकुटाको साँगुरीगढीमा किसान सूचीकरण कार्यक्रम सुरु
सुन्नुहोस्

धनकुटा : साँगुरीगढी गाउँपालिकाले किसान सूचीकरण कार्यक्रम सुरु गर्ने भएको छ। कृषि क्षेत्रमा प्रवाह हुने सेवाहरूमा दोहोरोपना हटाउँदै सबै किसानहरूले राज्यले प्रदान गर्ने सेवा तथा सुविधामा पहुँच पुर्‍याउने उद्देश्य सहित कार्यक्रम सुरु गर्न लागेको हो। 

गाउँपालिकाले सोमबार किसान सूचीकरण कार्यक्रमका लागि सहजकर्ताहरूलाई एक दिने अभिमुखीकरण तालिमको समेत आयोजना गरेको छ। तालिममा कृषि विकास शाखा प्रमुख राजिवकुमार पाख्रिनले सहभागीहरूलाई किसान सूचीकरणको उद्देश्य, महत्त्व तथा आवश्यकता, कसरी गर्ने भन्ने विषयमा सहजीकरण गरेका थिए। 

किसान वर्गीकरणका लागि आधार तथा आवश्यक तथ्यांक सहितको राष्ट्रिय डाटावेश तयार गर्नका लागि साँगुरीगढी गाउँपालिकाको १० मध्ये ६, ७, ८, ९ र १० गरी पाँच वडामा सहजकर्ता मार्फत तथ्यांक संकलन गरिने कृषि विकास शाखा प्रमुख पाख्रिनले बताए। 

उनका अनुसार ५ वडाका लागि १५ जना सहजकर्ता खटिनेछन्। हरेक वडामा तीन/तीन सहजकर्ता हुनेछन्। सहजकर्ताहरू किसानको घर–घरमा पुगेर तथ्यांकहरू संकलन गरि स्थलगत रुपमै अनलाइन प्रविष्ट गर्नेछन्। यो कार्यक्रम आगामी असार १० गतेसम्म सम्पन्न भइसक्ने उनले बताए। गत आर्थिक वर्षमा वडा नम्बर १ देखि ५ वडासम्म तथ्यांक सकलन गरिएको थियो। 

कार्यक्रममा साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राई, प्रमुख प्रशासकीय अधिकृत दिलशेर राई लगायतले आगामी दिनहरूमा कृषि क्षेत्रको सेवा सुविधाहरू किसान परिचयपत्रको आधारमा मात्रै उपलब्ध गराउने राज्यको नीति भएकाले सहजकर्ताहरूबाट वास्तविक सूचना संकलन गरिनुपर्नेमा जोड दिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.