एमाले सिन्धुलीको आठौं अधिवेशन आज
![एमाले सिन्धुलीको आठौं अधिवेशन आज](https://annapurnapost.prixacdn.net/media/albums/yemale-cpn-uml-Communist-Party-of-Nepal-Unified-MarxistLeninist_20211029030237_zZH7a0HNXi.jpg)
सिन्धुली : नेकपा एमाले सिन्धुलीको आठौं जिल्ला अधिवेशन आजबाट सिन्धुलीमाढीमा सुरु हुँदैछ। केन्द्रीय महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने अधिवेशन बिहान ११ बजेबाट सुरु हुने नेकपा एमाले सिन्धुलीका प्रचार तथा प्रकाशन विभाग प्रमुख संजय कुमार दाहालले जानकारी दिए।
उनले भने, ‘अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।अधिवेशनको उद्घाटन पार्टीका महासचिव शंकर पोखरेलले गर्नुहुनेछ ,अधिवेशका लागि प्रतिनिधि, अतिथि, पार्टीका शुभचिन्तक, शुभेच्छुकहरु सिन्धुलीमाढी आइसक्नु भएको छ ।’
अधिवेशनका लागि जिल्लाका दुई नगरपालिका र ७ वटा गाउँपालिका अन्तरगत भुगोलबाट ५१४, जनवर्गीय संगठनहरुबाट ७६, जिल्ला कमिटी सदस्य (आयोजक) १३० सल्लाहकार २५ र मनोनित ३९ गरी कूल ७८४ जना प्रतिनिधि सहभागि हुनेछन्।
अधिवेशनबाट जिल्ला अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, उपसचिव २ सहित १ सय जना निर्वाचित गर्ने छ भने पाँच जना मनोनित हुने छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)