एमाले ओखलढुंगाको अध्यक्षमा जीबी खड्का निर्वाचित

एमाले ओखलढुंगाको अध्यक्षमा जीबी खड्का निर्वाचित
सुन्नुहोस्

ओखलढुंगा : नेकपा एमाले ओखलढुंगाको अध्यक्षमा जीबी खड्का निर्वाचित भएका छन्। दशौं अधिवेशनबाट हर्कबोल राईलाई १३ मतले पराजित गर्दै जिल्ला कमिटी अध्यक्षमा खड्का निर्वाचित भएका हुन्। अध्यक्षमा निर्वाचित खड्काले १४४ मत ल्याउँदा हर्कबोल राईले १३१ मत पाएका थिए।

यसैगरी उपाध्यक्षमा कमल न्यौपाने,सचिव अशोक थापा र उपसचिवमा राजीव कटवाल, र अस्मिता थापा निर्वाचित भएका छन्। खड्का प्यानलबाट ४ जना पदाधिकारी निर्वाचित हुँदा राई प्यानलबाट थापा निर्वाचित भएकी हुन्। थापा लिखु गाउँपालिका उपाध्यक्षसमेत हुन्।

उपाध्यक्षमा न्यौपानेले १८२ मत पाएर विजयी हुँदा झम्कहरी बडालले ८७ मत पाए। सचिवमा अशोक थापा १५२ मतका साथ विजयी हुँदा टंक गिरीले ११३ मत ल्याए। 

उपसचिवमा अस्मिता थापाले १७४ मत ल्याउँदा रमिला मगरले ९८ मत ल्याइन्। त्यस्तै अर्का उपसचिव राजिव कटवालले १३८ मत पाएका थिए।

निवर्तमान अध्यक्षले त्यागे एमाले

नेकपा एमालेको जिल्ला अधिवेशनमा पार्टीका केन्द्रिय नेताहरुको हस्तक्षेपपछि निर्वतमान जिल्ला अध्यक्ष शंकर कटुवाले पार्टी परित्याग गरेका छन्। जिल्ला ईञ्चार्जलाई लेखेको पत्र बिहीबार बिहान सामाजिक सञ्जालमा राखेर पार्टीको सदस्यता समेत त्यागेको घोषणा गरेका हुन्। कटुवालले अध्यक्ष पद र पार्टी सदस्यता त्यागेको पत्र चैत २७ मै बुझाएका थिए।

मतदाता नामावली प्रकाशन गर्ने क्रममा आफ्नो निर्णय गर्ने अधिकार समेत नदिएर हस्तक्षेप गरेको,गुटउपगुट निर्माण गरि आरोप प्रत्यारोप गर्ने काम गरेको उल्लेख गरेका छन्। मंगलबार र बुधबार भएको अधिवेशनमा जिल्ला कमिटीका अध्यक्ष भएपनि उनी निर्वाचन प्रकृयामा सहभागी भएका थिएनन्। निर्वाचित पदाधिकारीलाई शुभकामना दिँदै उनले २७ गतेको पत्र  सार्वजनिक गरेका हुन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.