कांग्रेससहित विपक्षी सांसदले गरे संसद बैठक अवरोध

कांग्रेससहित विपक्षी सांसदले गरे संसद बैठक अवरोध
तस्बिर : सभामुख सचिवालय
सुन्नुहोस्

काठमाडौं : प्रमुख प्रतिपक्ष दल कांग्रेससहित विपक्षी सांसदले संसद बैठक अवरोध गरेका छन्।  सभामुख देवराज घिमिरेले आइतबार प्रतिनिधि सभाको बैठकको कारबाही प्रारम्भ गरेसँगै कांग्रेस, राप्रपा र लोसपाका सांसदले उठेर संसद बैठक अवरोध गरेका हुन्।

सभामुख घिमिरेले आज बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेका निर्णय र सहमति पालना गर्न आग्रह गरेका थिए। तर, सांसदहरुले कार्यसूचीमा प्रवेश गर्न नदिएका हुन्।

घिमिरेले भने,‘अहिले भर्खर मात्र भएको कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेको निर्णय र त्यहाँ भएका सहमतिको बारेमा ध्यानाकर्षण गर्न चाहन्छु। कार्यव्यवस्था परामर्श समितिको बैठकमा हुँदा एउटा कुरा गर्ने, सदनमा आएर अर्को कुरा गर्ने हामी कस्तो खालको परिपाटीको विकास गर्छौँ ? जे समझदारी भएको छ त्यही अनुसार अगाडि बढौं। त्यसका लागि आसनग्रहण गर्न आग्रह गर्दछु।’

सांसदले विरोध कायमै राखेपछि सभामुखले घिमिरेले १ देखि ७ नम्बरसम्मका कार्यसूची हटाएर बैठक सञ्चालन गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.