काकाकुल गाउँमा ७ वर्षपछि खानेपानी

काकाकुल गाउँमा ७ वर्षपछि खानेपानी
सुन्नुहोस्

धनकुटा : साँगुरीगढी गाउँपालिका ७ महाभारतमा कुनै बेला खानेपानीको चरम समस्या थियो। यहाँका स्थानीय बिहान हुनेबित्तिकै खानेपानी ल्याउनका लागि घण्टौं सम्म पैदल हिँडेर मुहानसम्म पुग्थे। पछिल्लो समय खडेरीको कारण नजिकका कुवा, पँधेरो सुक्दै गए। खोलामा पानी ल्याउन डेढदेखि दुई घण्टासम्म  माखावा खोलासम्म पुग्नुपथ्र्यो। माखावा खोला पुग्न जाँदा ओरालो र फर्किंदा हिँड्नु पथ्र्यो। 

खानेपानीको समस्या बढ्दै गएपछि यहाँ लिफ्टिङ खानेपानी योजना सञ्चालन भयो। क्रमागत योजना तथा बजेट अभावकै कारण उक्त खानेपानी योजना सम्पन्न गर्नका लागि झण्डै सात वर्ष कुर्नुपर्‍यो। 

अहिले निर्माण सुरु भएको झण्डै सात वर्षपछि साँगुरीगढी गाउँपालिका ७ माखावा लिफ्टिङ खानेपानी योजनाको सफल परीक्षण गरिएको छ। लिफ्टिङ प्रविधि सफल भएसँगै वर्षौदेखि भोग्दै आइरहेको खानेपानी समस्या सामाधन हुनेमा यहाँका स्थानीय बासिन्दा ढुक्क देखिन्छन्। माखावा खोला देखि १३ सय ८९ मिटरको उचाइमा रहेको पोखरी डाँडामा लिफिटङ प्रविधिबाट पानी झारिएको थियो। 

माखावा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका सचिव ओमप्रकाश राईका अनुसार खोलावाट संकलन गरिएको पानीलाई दुई स्थानबाट लिफ्ट गरिएको छ। खोलादेखि ६ सय ३९ मिटर उचाइमा रहेको एप्मालामा रहेको करिव ५० हजार लिटर क्षमतामा ट्याङ्कीमा पानी झारिएको छ। त्यहाँँँदेखि ५ सय ५० मिटर उचाइमा रहेको पोखरी डाँडाको करिव ५० हजार लिटर ट्यांकीमा झारिएको उनले बताए। 

२०७२ सालवाट निर्माण सुरु भएको योजनाको कुल लागत २ करोड ९ लाख रुपैयाँ छ। निर्माण सुरु भएको लामो समय बित्दा समेत खानेपानी योजना सम्पन्न नहुँदा यहाँका स्थानीय निराश थिए। 

योजनाबाट साविक महाभारत गाउँ विकास समितिका वडा नं. १, २, ३ र ४ वडाका २ सय ५० भन्दा बढी घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष धर्मध्वज राईले बताए। खानेपानी योजनाले गोलखाडी, होङकुटोल, लेक सिरान, खोङजाली, खाक्चीराङ, डढुवा, छिनामचोक, बैंका, गैरीटोल, खोलिम्फू, आसकोट गरी ११ वटा टोल समेटिनेछन्। खानेपानी अभावकै कारण बसाइँ सर्नुपर्ने स्थितिसम्म आएको थियो। अब त्यो समस्या हट्ने उनले बताए। 

पोखरीडाँडामा संकलन गरिएको पानीलाई ६ स्थानमा ट्यांकी निर्माण गरी वितरण गरिनेछ। उपभोक्ताको घरसम्म पाइप बिछ्याउने काम सुरु गरिने बताइएको छ। महाभारत क्षेत्रको खानेपानी समस्या समाधानका लागि लिफ्टिङको विकल्प नरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनकुटाका प्रमुख राजकुमार मण्डलले बताए। ‘योजना चाँडो निर्माण गर्न धेरै चुनौती भयो’, उनले भने, ‘हरेक वर्ष क्रमागत रूपमा बजेट विनियोजन हुँदा निर्माण सम्पन्न गर्न ७ वर्षसम्म लाग्यो’ योजनालाई चाडोँ निर्माण सम्पन्न गराउने गाउँपालिकाले खानेपानीको मुहानसम्म करिव डेढ किलोमिटर सडक सरफाइ तथा ट्र्याक खोल्ने काम गरिदिएको थियो।  साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले निर्माण सुरु भएको लामो समय बित्दा पनि खानेपानी योजना सम्पन्न नहुँदा यहाँका स्थानीय बासिन्दा निराश भएको बताए। यहाँ विविध समस्या रै’छ। 

गाउँपालिकाको स्काइभेटरको सहयोगमा गोलखाडीदेखि खानेपानीको मुहानसम्म करिब डेढ किलोमिटर सडक सरफाइ तथा ट्र्याक खोल्ने काम गरिएको थियो। 

उनका अनुसार गाउँपालिकाकै सवारीसाधनबाट ट्रान्समिटर र पाइप ल्याइएको थियो। सफल लिफ्टिङ परीक्षणले यहाँका स्थानीय खुसी मात्रै छैनन् । वर्षौंदेखिको खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान हुनेमा आफूहरू ढुक्क रहेको सचिव राईले बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.