एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठक गोदावरीमा, ६ वटा प्रतिवेदन पेस हुने
काठमाडौं : नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषदको पहिलो बैठक वैशाख ८ र ९ गते गोदावरीमा हुने भएको छ।
एमालेको आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले उक्त बैठकको एजेण्डाबारे छलफल गरेको छ। बैठकले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदमा ६ वटा प्रतिवेदन पेस गर्ने तयारी गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। जसमा राजनीतिक, संगठनात्मक र केन्द्रीय निकाय (लेखा, अनुशासन, निर्वाचन) आयोगको अलगअलग प्रतिवेदन हुनेछन्।
उक्त बैठकमा आगामी निर्वाचनमा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनका गर्नेपर्ने काम बारे वृहत् छलफल हुने छ। बैठकमा २१५३ जना प्रतिनिधिसहित २५ सय भन्दा बढी सहभागी हुने छन्।
प्रतिक्रिया दिनुहोस !