माओवादी केन्द्र म्याग्दीको संयोजकमा केसी

माओवादी केन्द्र म्याग्दीको संयोजकमा केसी
सुन्नुहोस्

बेनी : नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति म्याग्दीको संयोजकमा शेरबहादुर केसी र सचिवमा कुशल पौडेल चयन भएका छन्।

बेनीमा सोमबार बसेको माओवादी केन्द्र म्याग्दी अन्तर्गत कार्यालयको विस्तारित बैठकले समन्वय समितिको संयोजकमा केसी र सचिवमा पौडेललाई चयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो। बाहालवाला जिल्ला संयोजक रेशम बहादुर जुग्जालीले संयोजकमा केसी र सचिवमा पौडेलको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको जानकारी दिए।

‘जनप्रतिनिधिको भूमिकामा रहेकाहरु पार्टीको जिम्मेवारीमा नरहने नीति अनुसार नेतृत्व हस्तान्तरण गरेको हो,’ गण्डकी प्रदेशसभा सदस्य रहेका जुग्जालीले भने ‘प्रदेश कमिटीका सदस्यबाट संयोजक चयन गर्ने विधि भएपनि म्याग्दीका सबै प्रदेश सदस्यहरुले केसीको नाम अघि सारेपछि उहाँ सर्वसम्मत हुनुभएको हो।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.