पर्यटक आगमन र बसाइँ लम्बाउन गन्तव्यको खोजीमा गण्डकी प्रदेश

पर्यटक आगमन र बसाइँ लम्बाउन गन्तव्यको खोजीमा गण्डकी प्रदेश
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

घोडेपानी (म्याग्दी) : गण्डकी प्रदेशको उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयले पर्यटकीय क्षेत्रको सम्भावना र चुनौतिको पहिचानका लागि अध्ययन थालेको छ । हालै पर्यटकीय राजधानी घोषणा भएको पोखरामा पर्यटक आगमन बढाउन र बसाइँ लम्बाउनका लागि नयाँ गन्तव्यको पहिचान र स्थापित गन्तव्यको प्रर्वद्धनका लागि स्थलगत अध्ययन गर्न मन्त्रालयको टोली म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानी आएको छ । 

मन्त्रालयका उपसचिव रामप्रसाद आचार्यले सम्भावनायुक्त पर्यटकीय गन्तव्य पहिचान र स्थापित गन्तव्यको प्रर्वद्धनका लागि समस्या,आवश्यकता पहिचान गर्न मंगलबार र बुधबार स्थलगत अध्ययन गरिएको जानकारी दिए । 

‘पोखरा र आसपासका क्षेत्रमा पर्यटक आगमन बढाउने,बसाइँ लम्बाउने र सेवाको गुणस्तरीयता कायम गर्न सम्भावनायुक्त पर्यटकीय स्थलमा पुगेर अध्ययन गर्न आएका हौं,’उनले भने, ‘म्याग्दीको घोडेपानी–पुनहिल क्षेत्रलाई पोखराको सहायक गन्तब्यको रुपमा विकास गर्न सकिने सम्भावना देखेर सरोकारवालासँग छलफलका लागि आएका हौं ।’

मन्त्रालयका सचिव कुमान सिंह गुरुङको नेतृत्वमा आएको टोलीले स्थानीय होटल व्यवसायी,जनप्रतिनिधि,पर्यटक, पर्यटन व्यवसायीहरूसँग समस्या, सम्भावना र समाधानका लागि गर्नुपर्ने कामको बारेमा छलफल गरेको थियो । 

सचिव गुरुङले पर्यटकीय क्षेत्रका सरोकारवालाहरुको सुझावलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटिने बताए । गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनामा पनि सुझावहरूलाई समावेश गरिने उनको भनाइ छ । 

अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुन र अन्नपूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्काले सडकको पहुँच, पोखरादेखि घोडेपानीसम्म बस सेवा सञ्चालन, प्रचारप्रसारका कारण आन्तरिक पर्यटकको आगमन बढेको बताए । 

घोडेपानीमा पर्यटकको बसाई लम्बाउन गुराँस पार्क, घोडा र साइकल मार्ग निर्माण गरिएको जानकारी गराउँदै घोडेपानीको संग्राहलयलाई व्यवस्थित बनाउन सहयोगको अपेक्षा गरे । 

घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मिना पुन,टोल सुधार समितिका उपाध्यक्ष जुली पुन,होटल व्यवसायी भिम गर्बुजा, टेकसर बुद्धुजा, आमा समूहका अध्यक्ष तारा पुनलगायतले घोडेपानीको गुराँसको संरक्षण, सिसा र पलास्टिक जन्य फोहोर व्यवस्थापन, सडकका कारण विस्थापित पदमार्गको वैकल्पिक पैदलमार्ग निर्माण, सडक र विद्युत सेवालाई गुणस्तरीय बनाउन आवश्यक रहेको बताए । 

पथप्रर्दशक रञ्जितबहादुर थापाले पर्यटकहरूलाई दोहोर तेहोरो शुल्क लिन नहुने र सार्वजनिक यातायातमा पर्यटकलाई नेपाली सरहकै भाडादर कायम गर्न सुझाव दिए । नेपाली र विदेशी पर्यटकलाई संयोजन गर्नुपर्ने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.