खुकुरीले हानेर श्रीमती घाइते, श्रीमान प्रहरी फन्दामा
![खुकुरीले हानेर श्रीमती घाइते, श्रीमान प्रहरी फन्दामा](https://annapurnapost.prixacdn.net/media/albums/chirpat-59a689deb80903.74923056_ljXuh5eMYQ_uFXNTlQnhq.jpg)
बागलुङ : बागलुङमा श्रीमानले खुकुरी प्रहार गरेर श्रीमतीलाई घाइते बनाएका छन्। बागलुङ नगरपालिका–२ का ३५ वर्षीय अर्जुनबहादुर सार्कीले ३२ वर्षीया श्रीमती गीता आलेलाई बुधबार राति धारिलो हतियार (खुकुरी) प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डीएसपी) विजय यादवले जानकारी दिए ।
घरायसी विवादको कारण सार्कीले श्रीमतीलाई खुकुरी प्रहार गरी घाइते बनाएको डीएसपी यादवले बताए । उनले घाइते आलेको धौलागिरी अस्पताल बागलुङमा प्रथामिक उपचारपछि थप उपचारको लागि पोखरा रिफर गरिएको जानकारी दिए । डीएसपी यादवले घाइते आलेको अवस्था मध्यम रहेको बताए ।
आर्जुनलाई प्रहरीले बुधबार राति नै पक्राउ गरेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)