सामसङको ‘ग्यालेक्सी एम१४ एलटीई’ सार्वजनिक
काठमाडौं : सामसङले ५ हजार एमएचको ब्याट्री भएको ‘ग्यालेक्सी एम१४ एलटीई’ सार्वजनिक गरेको छ। यसको एफ१.८ लेन्स सहितको ५० एमपीको ट्रिपल मुख्य क्यामरा रहेको छ भने १३ एमपीको फ्रन्ट क्यामेरा रहेको छ। अत्याधुनिक अक्टा–कोर प्रोसेसर र शक्तिशाली सुविधाहरू रहेको ग्यालेक्सी एम१४ को मुख्य क्यामेरा ले कम प्रकाशमा पनि उत्कृष्ट स्पष्टताको फोटो लिन सकिने कम्पनीले जनाएको छ।
यसमा ६ एनएमको प्रोसेसर रहेको छ। ग्यालेक्सी एम१४ कीन्दा २५ वाटको फास्ट चार्जन पनि उपलब्ध हुनेछ। ग्यालेक्सी एम१४मा ६ जीबीको र्याम रहेको छ भने प्लस ६ जीबीको र्याम थप्न सकिने छ। कम्पनीका अनुसार ग्यालेक्सी एम१४ मा Qualcomm Snapdragon 680 अक्टा–कोर प्रोसेसरले यसको सेगमेन्टमा बेग्लै मापदण्ड सेट गरेको छ। यो चिपसेटले सिमलेस गेम खेल्दा सहज हुने र ३ डी ग्राफिक्स गर्न प्रभावकारी हुने कम्पनीको भनाइ छ।
ग्यालेक्सी एम१४ ६.७ प्लस एलसीडी इन्फीनीटी-यु रहेकोले इमर्सिभ दृश्य अनुभव प्रदान गर्न सकिने कम्पनीले जनाएको छ। ग्यालेक्सी एम१४ मा एन्ड्रोइड १३ प्लेटफर्ममा निर्मित १ युआइ ५.१ कोर सुविधा रहेको छ। यसमा generations सम्म OS अपग्रेड र ४ वर्षसम्मको सुरक्षा अपडेटहरूको ग्यारेन्टी दिने कम्पनीको भनाइ छ।
ग्यालेक्सी एम१४ एलटीइ निलो र गाढा निलोमा उपलब्ध रहेको छ। ४/६४ जीबी स्टोरेज भएको ग्यालेक्सी एम१४ एलटीइको मुल्य १६ हजार ९ सय ९९ रहेको छ भने ६/१२८ जीबी स्टोरेजको मूल्य २१ हजार ९ सय ९९ रहेको छ। यो मोडेल आउँदो जेठ ५ गतेदेखि नेपाभरका रिटेल आउटलेटहरूमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ। यो मोडेल इन्स्टा फाइनान्स सेवाबाट पनि प्राप्त गर्न सकिने छ।
यो सेवा मार्फत ०% ब्याज दरमा आफ्नो नागरिकताको साथ उपकरण प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ। इन्स्टा फाइनान्सको यो सेवा २० हजारभन्दा माथिका मोबाइलहरुमा नेपालभर उपलब्ध छ।