टिपर दुर्घटनामा १ जनाको मृत्यु, ३ घाइते

टिपर दुर्घटनामा १ जनाको मृत्यु, ३ घाइते
सुन्नुहोस्

बेनी : म्याग्दीको रघुगंगा गाउँपालिका–७ गैरावारीमा शनिबार भएको टिपर दुर्घटनामा १ जनाको मृत्यु भएको छ। घ्यासीखर्कदेखि बेनीतर्फ जाँदै गरेको लु२प ६११२ नम्बरको टिपर दुर्घटना हुँदा सव इञ्जिनियर, चालक र सहचालक घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक कुमार गुरुङका अनुसार दाङको लमही नगरपालिका–८ उसानिबुका ४० वर्षीय बिरबहादुर चौधरीको घटनास्थलमै मृत्यु भएको हो। 

टिपरका चालक रुपन्देहीको बुटवलका ४० वर्षीय कमल बज्रचार्य र सहचालक नवलपरासीको त्रिवेणी गाउँपालिका–६ का १८ वर्षीय राहुल सिंह ठकुरीलाई उपचारका लागि पोखरा लगिएको छ। 

नेपाल रेडक्रस सोसाइटी चिमखोला उपशाखाका उपसभापति ओमबहादुर पुनले प्रहरी, सेना, रेडक्रसकर्मी, स्थानीयबासीहरुले घाइतेलाई उद्धार गरी हेलिकोप्टरमार्फत मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको जानकारी दिए। 

चिमखोला स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरि घाइतेलाई पोखरा पठाइएको हो। अर्का घाइते रामेछाप शेर्पा कन्स्ट्रक्सनका सव इञ्जिनियरलाई उपचारका लागि बेनी अस्पतालमा पठाइएको पुनले बताए।  

चिमखोला–दर्मिजा कच्चि सडक देखि करिब १०० मिटर तल टिपर खसेको थियो। दुर्घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक गुरुङले बताए। 

तुण्डी हाइड्रोपावर प्रवर्द्धक रहेको मंगले राहुघाट जलविद्युत आयोजनाको ठेकेदार कम्पनी रामेछाप शेर्पा कन्स्ट्रक्सनको गोदाममा सिमेन्ट पुर्‍याएर फर्कँदै गरेको टिपर दुर्घटनामा परेको हो। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.