डोल्पामा अनौठो चलन : पिठोको चिस्तुमले गर्छ गाउँ सुरक्षाको निर्णय

डोल्पामा अनौठो चलन : पिठोको चिस्तुमले गर्छ गाउँ सुरक्षाको निर्णय
तस्बिर : रामचन्द्र न्यौपाने।
सुन्नुहोस्

डोल्पा : हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ मा पर्ने करेलीकाँडामा एउटा अनौठो चलन मनाउने गरिएको छ। यहाँ पिठोको चिस्तुमले गाउँमा वर्षभरमा घट्ने राम्रा र नराम्रा घटनाहरुको निर्णय गर्ने गर्दछ।

गाउँको भलो गर्न गाउँलाई एकतामा बाँध्नका लागि प्रत्येक वर्ष  महाकाल भगवानको पूजा गर्ने गरिएको छ। उक्त पूजा सप्रियो भने गाउँमा राम्रो हुन्छ भने बिग्रियो भने नराम्रो हुन्छ भन्ने जनविश्वास रहेको छ।

nullइस १७२० देखि अझैसम्म सम्पूर्ण गाउँबासी जम्मा भएर पाँच दिनसम्म महाकालको पूजा गर्नुका साथै अन्तिम दिनमा पिठोको चिस्तुम बनाएर फाल्ने त्यसैको ढल्काइले गाउँ सुरक्षाको निर्णय गर्ने लामा धर्मगुरुहरु बताउँछन्।

विशेष गरेर बुद्ध जयन्तीको अवसर पारेर बैशाख पुर्णिमामा महाकालको पूजा गर्ने प्रचलन भए पनि वर्षभरीको आम्दानीको स्रोत यार्सागुम्बा टिप्न जानका लागि पूजा गर्ने समय अघि पछि सार्ने गरिएको सिक्याल गोन गुम्बाका प्रमुख लामा छिरिङ्ग ग्याल्जेन लामाले बताए।

null‘नयाँ सालको सुरुकै महिना महाकाल पूजा गर्नाले गाउँमा रोगव्याधि,महामारी,अकालमृत्यु हट्ने,अन्नबाली सप्रिने र वर्षभरी नै शुभ हुने विश्वास रहेको छ। यस वर्ष पनि महाकाल पूजा आज सम्पन्न हुनुका साथै पिठोको चिस्तुम पनि गाउँतिर ढल्किएन’, लामाले भने।

बौद्ध धर्म संस्कार अनुसार गरिने यो पूजामा भगवान बुद्ध र महाकालको विशेष पुजा गरिन्छ। यो पूजालाई महाकाल पूजा वा झोप्का फाल्ने पूजा पनि भन्ने प्रचलन छ।

अर्का ८५ वर्षीया मुख्य लामा श्रीपञ्जु लामाका अनुसार पूजाको अन्त्यमा पिठोको चिस्तुम बनाइन्छ। त्यसैलाई तन्त्रमन्त्र गरेर मुल लामाको हातबाट गाउँदेखि तल ल्याएर फाल्ने गरिन्छ। त्यो मुल चिस्तुम गाउँतिर फर्कियो भने अशुभ,अनिकाल, महामारी आउने विश्वास छ भने तल र दायाँ बायाँ फर्कियो भने शुभ हुने विश्वास रहेको छ।

null‘यो अनौठो चलन हो,कता फर्किने हो भन्ने भगवान महाकालको हातमा हुन्छ। यस वर्ष गाउँतिर फर्किएन सम्पूर्ण गाउँबासी खुशी छौं’, लामाले भने।

उनका अनुसार महाकालको पूजा गरिसकेपछि चरम खडेरीमा पानी पर्नेसमेत जनविश्वास रहीआएको छ।
प्राचिन कालदेखि गर्दै आएको यो पूजामा जिल्लाभरीबाट भक्तजनहरु आउने र उनीहरु सबैलाई गाउँबासीले पूजा अवधिभर खाने बस्ने व्यवस्था गर्ने गरेको उनको भनाइ छ।

nullपूजामा डरलाग्दा महाकालका मुकुट लगाएर चार पाँच प्रकारका महाकाल र राक्षस वधको प्राचीन नृत्यसमेत देखाइन्छ।
पूजा सकिसकेपछि सम्पूर्ण गाउँलेहरु भेला भएर प्रमुख लामाबाट आशीर्वाद लिने र गुम्बामा गएर नाचगान गरेर रमाइलो गर्ने प्रचलनसमेत रहेको छ।

प्रत्येक वर्ष लाग्ने यस पूजामा गाउँमा झै-झगडा नहोस् भनेर सुरक्षाकर्मीसमेत पुग्ने गर्दछन्। यस्तै महाकाल पूजा त्रिपुरासुन्दरी २ मा रहेको रसीको टसी रुम्जे गुम्बामासमेत मनाइँदै आएको छ।

nullगएको शनिबारदेखि सुरु भएको पूजा आजमात्रै सकिएको प्रमुख लामा निमा लामाले बताए। बौद्ध धर्मालम्बीहरुको प्रमुख पर्वको रुपमा रहेको यो पूजा सकिएकाले सर्वसाधाहरु यार्सा संकलन गर्नका लागि आवश्यक तयारीमा जुटेको उनको भनाइ छ।

यी दुबै गुम्बा विकास समितिमा दर्ता समेत भएका छन्।

nullnullnullnullnullnullnullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.