बागलुङको ढोरपाटनमा जीप दुर्घटना

बागलुङको ढोरपाटनमा जीप दुर्घटना
सुन्नुहोस्

बागलुङ : बागलुङको ढोरपाटन नगरपालिकामा जीप दुर्घटना भएको छ। बुतिबाङ बजारदेखि ढोरपाटन नगरपालिका-५ चौर जाँदै गरेको ग२च २३१४ नम्बरको बोलेरो जीप मस्तीमा दुर्घटना हुँदा चालकसहित हुँदा १६ जना घाइते भएको इलाकाप्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए।

दुर्घटनामा ढोरपाटन नगरपालिका-५ चौरकी २४ वर्षीया सावित्रा विक, २३ वर्षीया लक्ष्मी विक, २३ वर्षीया अनुसा विक, १० बर्षीय मनोज विक, २३ वर्षीया टिका विक, २९ वर्षीया पुजा विक, ४० वर्षीया पूर्णकला विक, २३ वर्षीया अनिता पौडेल र उनका १८ महिनाको छोरा प्रिन्स पौडेल, ४२ वर्षीया ज्ञान बहादुर घर्ती, २८ वर्षीया मिना विक, ढोरपाटन नगरपालिका-२ अर्नाकोटका २० वर्षीया धनकुमारी क्षेत्री, १९वर्षीया सिता रोका,निसीखोला गाउँपालिका-२ का २० वर्षीया मिना कार्की र उनको तीन महिनाको छोरी सुहाना कार्की र चालक तमानखोला गाउँपालिका-४ का ३० वर्षीय अमन सिर्पाली घाइते भएको प्रनि विकले बताए। घाइतेहरूको उद्धार गरेर उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको प्रहरी निरीक्षक विकले जानकारी दिए।

जीप व्याक गर्ने क्रममा सडकदेखि २० मिटर तल खसेको प्रनि विकले बताए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.