पुतलीबजार मेयर कप: पुरुषतर्फ ठूलाडिही र महिलातर्फ तोरिखोलालाई उपाधि
![पुतलीबजार मेयर कप: पुरुषतर्फ ठूलाडिही र महिलातर्फ तोरिखोलालाई उपाधि](https://annapurnapost.prixacdn.net/media/albums/1st_eCSRdY7dTA_giBFnuzgzI.jpg)
स्याङ्जा : पुतलीबजार नगर स्तरीय मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ७ ठूलाडिहीले हात पारेको छ।
प्रतियोगिताको दोस्रोमा वडा नम्बर १२ र तेस्रोमा वडा नम्बर ६ विजयी भएको छ। प्रथम हुने समूहले ७५ हजार, द्वितीय हुनेले ४५ हजार र तृतीय हुनाले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन्।
यसैगरी मेयर कप महिला तर्फको उपाधि वडा नम्बर १३ तोरिखोलाले जितेको छ। दोस्रोमा वडा नम्बर १२ र तेस्रो स्थानमा वडा नम्बर ६ परेका छन्।
विजेता सबैलाई नगरप्रमुख तुलसीराम रेग्मी, उपप्रमुख देवी अर्याल र खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले नगद सहित पुरस्कार प्रदान गरे। प्रतियोगितामा नगरपालिकाका १५ समूह सहभागी थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)