कांग्रेसले बोलायो पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

कांग्रेसले बोलायो पदाधिकारी र पूर्वपदाधिकारीको बैठक
फाइल तस्बिर।
सुन्नुहोस्

 काठमाडौं : नेपाली कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ। आज बिहान बालुवाटारमा बसेको बैठकपश्चात कांग्रेसले सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी, पूर्वपदाधिकारी र वरिष्ठ नेतालाई दिउँसो १ बजे छलफलका लागि बोलाएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए।  उनका अनुसार आज बालुवाटारमा भएको छलफलका विषय र टीओआरका बारेमा पार्टीभित्र छलफल हुनेछ।

सहकारी ठगी प्रकरणमा रास्वपा सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएकाले छानविन समितिको माग गर्दै कांग्रेसले प्रतिनिधि र राष्ट्रिय सभाका बैठक अवरोध गर्दै आएको छ। उनले सहकारी ठगी प्रकरणलाई सेभ ल्याण्डिङ कसरी गर्ने भन्नेबारे दुवै पक्ष छलफलमा जुटेको परियारले बताए।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा,सहमहामन्त्री जीवन परियार,कृष्ण सिटौला, प्रमुख सचेतक रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की,  एमालेबाट कानुनमन्त्री पदम गिरी, प्रमुख सचेतक महेश बर्तौला, माओवादीबाट अर्थमन्त्री वर्षमान पुन,प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाबाट सभापति रवि लामिछाने, उपसभापति स्वर्णीम वाग्ले, प्रमुख सचेतक सन्तोष परियारलगायतका नेता सहभागी थिए। 

संविधानमै जेठ १५ गते बजेट ल्याउनै पर्ने बाध्यात्मक व्यवस्था छ। आइतबार नीति तथा कार्यक्रमसमेत विरोधकैबीच पारित गरेर मंगलबार १ बजे बजेटका लागि सरकारले समय निर्धारण गरेको छ। लगातार सदन अवरुद्ध गरिरहेको कांग्रेसलाई सदनअबरोधको कारण देखाएर सत्तापक्षले प्रतिपक्षलाई दोष थोपारे अध्यादेशबाट बजेट ल्याउने हो कि भन्ने त्रास उत्तिकै छ। 

सत्ता पक्ष र प्रतिपक्षबीच संसदीय छानबिन समिति गठनका लागि टीओआर बनाउन कार्य दल गठन भएपनि बैठकमा सहमति हुन सकेको छैन। यता सत्ता पक्षले कांग्रेस सहमतिको बाधक बनिरहेको दाबी गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.