चेक बाउन्सको आरोपमा युवक पक्राउ

जाजरकोट : चेक बाउन्सको अभियोगमा रुकुम पश्चिमका अर्जुन विष्ट पक्राउ परेका छन्। बारेकोट गाउँपालिका-९ लैखमकी विष्णु भण्डारीले चेक बाउन्सको उजुरी दिएपछि विष्ट पक्राउ परेका हुन्।
रुकुम पश्चिम आठविसकोट नगरपालिका-९ का ३० वर्षीय विष्टलाई गत बुधबार जाजरकोट प्रहरीले पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए।
विष्टलाई बैकिङ कसुर सम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानका लागि जिल्ला अदालतले ५ दिनको म्याद दिएको छ। कति रकमको चेक बाउन्स भएको सम्बन्धमा प्रहरीले रकम खुलाएको छैन।
प्रतिक्रिया दिनुहोस !
