रौतहटमा गरिव तथा विपन्नलाई घर बनाइदिने भनी ठगी गर्ने गिरोह पक्राउ

रौतहटमा गरिव तथा विपन्नलाई घर बनाइदिने भनी ठगी गर्ने गिरोह पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

रौतहट : गरिव तथा विपन्नलाई घर बनाइदिने भनी रकम ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा माधवनारायण नगरपालिका-७ लौकाहाका ५२ वर्षीय रामनाथ माझी, ३२ वर्षीय प्रकाश माझी, गरुडा नगरपालिका-६ पोठियाहीका ४० वर्षीय राकेश महरा, गरुडा नगरपालिका-९ गेडिगुठीका २५ वर्षीय सिकिन्द्र ठाकुर लोहार, गरुडा नगरपालिका-५ शिवनगरका ७१ वर्षीय मुगलाल महरा, गरुडा नगरपालिका-९ का ४५ वर्षीया रामकली देवी रहेका प्रहरीले जनाएको छ।

रौतहटक‍ो माधवनारायण-८ रजवडा टोलका  विपन्नलाई मधेश प्रदेशको शहरी विकास मन्त्रालयले गरिव तथा विपन्न वर्गका परिवारलाई आवाश बनाइदिने कार्यादेश प्राप्त भएको छ भनी विभिन्न लोभ देखाइ प्रति घर दश हजारदेखि चालिस हजारसम्म खर्च लाग्छ भनी सयभन्दा बढी मानिसहरुबाट रकम उठाएको प्रहरीले जनाएको छ।

यस्तै  सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। विगत केही महिनादेखि यातायात व्यवस्था कार्यालय रौतहट, गौरको  राजदेवी नगरपालिका-२ स्थितमा रहेको ट्रायल सेन्टरमा यातायात व्यवस्था कार्यालयबाट संचालन गरी ल्याइँदै आएको सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक) परीक्षामा सहभागी हुन आउने विभिन्न व्यक्तिलाई ट्रायल परीक्षामा पास गराइदिन्छौं भनी रकम ठगी गरेको आरोपमा  चितवन भरतपुर महानगरपालिका-३ घर भइ  भरतपुर महानगरपालिका-१० स्थित कान्तीपुर ड्राईभिङ स्कुल (सेन्टर) संचालन गरी बस्ने  ४५ वर्षीय रमेश पाठक र  गौर नगरपालिका-१ बस्ने ४८ वर्षीय श्याम नारायण साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
 
ट्रायल परीक्षामा सहभागी हुन आउने  सेवाग्राहीबाट  १० हजारदेखि  ३० हजारसम्म ठगी गर्दै आइरहेको भन्ने सूचनाको आधारमा यातायात व्यवस्था कार्यालय रौतहट, गौरबाट सवारी चालक अनुमतिपत्रको लागि संचालन भइरहेको प्रयोगात्मक परीक्षा  ट्रायल सेन्टर परिसरमा सेवाग्राहीहरुबाट रकम असुली गर्नेलाई पक्राउ गरी अनुसन्धान भइरहेको डिएसपी एलिजा गिरीले जानकारी दिइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.