घरबाटै लागूऔषधको कारोबार गर्ने दुई जना पक्राउ

घरबाटै लागूऔषधको कारोबार गर्ने दुई जना पक्राउ

विराटनगर : घरबाटै लागूऔषधको कारोबार गर्ने दुई जनालाई प्रहरीले मोरङको सुन्दरहरैँचाबाट पक्राउ गरेको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार सुन्दरहरैँचा नगरपालिका–६ का २६ वर्षीय कमल मगर र ३७ वर्षीय मनिष लिम्बू पक्राउ परेका हुन्। 

मगर र लिम्बूको घर सुन्दरहरैँचा–६ को अलगअलग स्थानमा छ। मगरको घरबाट लागूऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले सोमबार साँझ ६ बजेतिर छापा हानेको थियो। 

प्रहरीले छापा हान्दा उनको घरबाट लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर)जस्तो देखिने धुलो वस्तु ४.३० ग्राम, स्पास्पेन ९२ ट्याब्लेट, ट्रमाडोल २ सय १० ट्याब्लेट, डेकालिङ ८६ ट्याब्लेट, स्पास्मो २५ ट्याब्लेट, स्टिलको थाल, गाँजा काट्ने छिनोलगायत बरामद भएको छ। लागूऔषध बरामद भएसँगै प्रहरीले मगरलाइ पक्राउ गरेको हो। 

त्यस्तै, लिम्बूको घरमा साँझ ५ बजेतिर छापा हानेर प्रहरीले खैरो हेरोइनजस्तो देखिने धुलो वस्तु २.९७ ग्राम, सानो खालको डिजिटल तराजु, कैंची, मोबाइल, स्टिलको थाल, लाइटरलगायत बरामद गरेको छ। लागूऔषधलगायतका सामान बरामद भएपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको छ। 

लागूऔषधसहित पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध ऐन अन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ। उनीहरुका सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.