चोरी मुद्दाका फरार अभियुक्त चार वर्षपछि पक्राउ

नुवाकोट : नुवाकोटमा चोरी मुद्दामा अदालतबाट दोषी भई चार वर्षदेखि फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
चोरीमा संलग्न भई अदालतले दोषी ठहर गरेदेखि नै फरार किस्पाङ गाउँपालिका-५ का २८ वर्षीय ध्रुव तामाङलाई प्रहरी अधिकृत सहितको टोलीले घरमै बसी रहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
नुवाकोट जिल्ला अदालतबाट गत २०७८ माघ २६ गतेको फैसलाले उनलाई १ वर्ष ५ महिना २३ दिन कैद र पाँच हजार रुपैया तिर्नु पर्ने दोषी ठहर गरेको हो।
अभियुक्त ध्रुवले जरिवाना भुक्तान गर्न नसकेवापत १७ दिन थप कैद भुक्तान गर्नु पर्ने भएको प्रहरी नायव उपरीक्षक तिलक भारतीको भनाइ छ। उनले एक वर्ष ६ महिना १० दिन कैद भुक्तानका लागि कारागार चलान गरिएको छ।
अभियुक्तले गत २०७७ वैशाख ८ गते राति साढे नौ बजे नुवाकोटको विदुर नगरपालिका-७ का सन्दीप बोगटीको घर अगाडि पार्किङ गरी राखेको बा ९३ प ७६४६ नम्बरको मोटरसाइकल चोरी गरेका थिए।
प्रतिक्रिया दिनुहोस !
