एमाले रुपन्देहीमा गैरे निर्वाचित
बुटवल : नेकपा एमाले रुपन्देहीको अध्यक्षमा यज्ञ गैरे सर्वसम्मत निर्वाचित भएका छन्। पार्टीको दशौं जिल्ला अधिवेशनबाट गैरे निर्वाचित भएका हुन्।
बिहीबार र शुक्रबार सम्पन्न अधिवेशनले गैरेसहित सबै पदमा सर्वसम्मत नेतृत्व चयन गरेको हो। नवनिर्वाचित गैरे एमाले रुपन्देहीको निवर्तमान पार्टी सचिव हुन्। तिलोत्तमा रुपन्देही निवासी उनी बुटवल बहुमुखी क्याम्पसको पूर्व स्ववियु सभापतिसमेत हुन्।
प्रतिक्रिया दिनुहोस !