नेपाली सेनामा भर्ति गराइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

नेपाली सेनामा भर्ति गराइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
सांकेतिक तस्बिर।

कास्की : नेपाली सेनामा भर्ति गराइदिन्छु भन्दै  १ लाख ७० हजार रूपैयाँ ठगी गरेको आरोपमा पोखरा महानगरपालिका-५ पर्स्याङ बस्ने २७ वर्षीय घर्मराज थापालाई प्रहरीले पक्राउ गरेको छ । 

थापाले आफूलाई पोखरामा रहेको आर्मी फिटनेस सेन्टरको सञ्चालक बताउँदै नेपाली सेनाको माथिल्लो तहका हाकिमलाई चिनेको भनी बाग्लुङ घर भएका १९ वर्षीय युवकलाई नेपाली सेनामा भर्ती गराईदिन्छु भनि झुठ्ठा आश्‍वासन दिलाई पटकपटक गरी उक्त रकम ठगी गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले थापालाई पोखरा महानगरपालिका-५ जिरोबाट पक्राउ गरेको हो । 

उनलाई ठगी,आपराधिक विश्‍वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनमुति लिई प्रहरीले आवश्‍यक अनुसन्धान गरिरहेको छ । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.